समाचारस्वास्थ्य

तनहुँका ५ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

१ असार, काठमाडौं । तनहुँ जिल्लाका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । घिरिङ गाउँपालिकाको क्वारेन्टिमा बस्दै आएका, ४६, ४५, २७, २७ र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २०४ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

डा. शर्माका अनुसार संक्रमितहरुलाई तनहुँकै शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रस्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ ।

यसअगाडि तनहुँका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button