अर्थ खबर

तारकेश्वर नगरपालिका ९ का महिलाहरु आत्मनिर्भर बन्दै

Spread the love

तारकेश्वर, १८ जेठ ।
नेपाल सरकार शिक्षा मन्त्रालय ईभेन्ट परियोजना र विश्व वैंकको सहयोगमा पञ्चकन्या ट्रेनिङ्ग ईन्सिटच्यूट प्रा.लि.को कार्यक्रमम अन्र्तगत तारकेश्वर नगरपालिका वडा नं ९ मा व्यूटीसियन तालीम सञ्चालन भएको छ ।
सो तालीममा १६ देसिख ४० वर्ष उमेर समूहका २० जना वेरोजगार महिलाहरु सक्रिय भागी भएका छन् । सो तालीमको अवधी ३ महिना हुने र तालीम लिईसकेपछि राष्ट्रिय सीप परीक्षण समित्सििटीईभिटीद्धारा प्रमाणित तह एकको प्रमाण प्रत्र प्रदान गरिनेछ ।
सो व्यूटीसियन तालीम के कसरी सञ्चालन भईरहेको छ भन्ने विषय जान्नको लागि तारकेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौला र वडा नं १० का वडा अध्यक्ष अमृत थापाले संयूक्त रुपमा अनुगमन गरेका छन् । सो अनुगमन टोलीमा तारकेश्वर हातेमालो महिला समाजका अध्यक्ष तथा तारकेशवर विकास समाजका उपाध्यक्ष सुजाता अधिकारी पनि सहभागी भएकी थिइन् ।

Related Articles

Check Also

Close
Close