समाचार

तस्करहरुलाइ सिध्याउने गृहमन्त्रीको उद्घोष

Spread the love

तस्करहरुलाइ सिध्याउने गृहमन्त्रीको उद्घोष
१८ जेठ, विराटनगर
गृहमन्त्री रामबहादुर थापा ुबादलुले समाजवादका वाधक तत्त्व आफ्नै पार्टीभित्र पनि रहेको उल्लेख गर्दै तिनलाई छानिछानी सिध्याइने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी मोरङको कार्यालयमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेलामा गृहमन्त्री बादलले बाधक तत्त्वलाई नसिध्याई समाजवाद स्थापना नहुने भएकाले तिनलाई सिध्याइने घोषणा गरेका हुन्।
‘अबका समाजवादका बाधक भनेका कुनै एउटा पार्टीविशेषमा मात्र सीमित छैनन्’, मन्त्री बादलले भने, ‘ती काङ्ग्रेस, राप्रपा र हाम्रा पार्टीभित्र पनि हुनसक्छन् । तिनलाई नसिध्याई र तिनको भण्डाफोर नगरी समाजवादको स्थापना हुन सक्तैन।’उनको चेतावनी थियो, ‘महान्यायाधिवक्ता भइसकेका व्यक्ति रमन श्रेष्ठ र मोरङकै एक प्रदेश सभा सांसद्ले सुन तस्करका पक्षमा वकालत गर्नुभएछ । सुन तस्करहरू समाजवादका बाधक हुन्। उनीहरूलाई सिध्याइनेछ। अनि सुन तस्करका पक्षमा बहस गर्ने यस्ता साथीहरूलाई कारबाही गरिने छ।’
पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले भुजुङ गुरुङ र मोरङ क्षेत्र नम्बर २ बाट विजयी प्रदेश सभा सांसद् नेकपाका लीलावल्लभ अधिकारीले बालकृष्ण सन्जेलका पक्षमा मोरङ जिल्ला अदालतमा बहस गरेका थिए। गृहमन्त्री थापाले समाजवादका बाधकहरू तीन प्रकारका भएको बताए । जसअनुसार पहिलो प्रकारमा दलाल राष्ट्रिय पूँजीपति, जग्गा दलाल, सबै प्रकारका भ्रष्ट व्यक्ति, बिचौलिया, अपहरणकारी, फिरौती माग्नेहरू, सिन्डिकेटका नाममा एकाधिकार सञ्चालन गर्नेहरू, समयमा काम नगर्ने वा कामबाट भाग्ने ठेकेदारहरू अनि तिनका मतियार डिई र डिजीहरू तथा कालाबजारिया रहेको उनको ठहर थियो।

Related Articles

Back to top button