अर्थ खबर

कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Spread the love

पोखरा, ४ जेठ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा कालिकास्थान बजार व्यवस्थापन समितिको सहयोगमा कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रम पोखरा लेखनाथ वडा नं ३३, कालिकास्थानमा शुक्रबार सम्पन्न भयो । प्रमुख अतिथि एवं पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले व्यवसायीहरुका लागि करलेखा अत्यन्त जरुरी भएकाले लेखा चुस्त र दुस्त राख्नुपर्ने र महानगरपालिकालाई व्यवसाय कर तिर्ने र लेखा राख्ने र व्यवसाय दर्ता गरेरमात्र अगाडि बढ्न सवैलाई अनुरोध गरेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिकास्थान बजार व्यवस्थापन समितिका अध्यक्ष पदमराज पौडेलले स्वागत मन्तव्य , आन्तरिक राजश्व कार्यालयका पूर्व कर अधिकृत रमानाथ पौडेल र कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला समिति पोखराका निवर्तमान अध्यक्ष सुदिप अधिकारीले प्रशिक्षण दिएका थिए । कालिकास्थानमा रहेका ४० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button