फोटोमनोरञ्जनरोचकसमाचार

तिज गीत प्रतियोगिता सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
माझठाना, भदौ १४ ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको प्रतिभा प्रफुस्टन गर्ने उद्धेश्येले प्रत्येक शुक्रबार आयोजना गरिंदै आएको अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रकार तिज गीत प्रतियोगिता सम्पन्न भएको हो । विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १० वटा टिमको सहभागीता रहेको थियो ।
रेवती तिमिल्सिनाको समूह प्रथम, सजिना गिरीको समूह द्धितिय, अनिषा तिवारीको समूह तृतिय र रविना वास्तोलाको समूह सान्त्वना भएका थिए भने रजिना थापा उत्कृष्ट नृत्य घोषित भएकी थिइन् । शिक्षिका सिर्जना लामिछानेले सन्चालन गरेको कार्यक्रममा शिक्षिका गोपी मायाँ गुरुङ, शिक्षिका धनु पून र शिक्षिका कमला पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने अतिरिक्त क्रियाकलाप प्रमुख यदुनाथ पाण्डेले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए ।

Related Articles

Close