रोचक

किन लाग्छ त पानी प्यास ?

Spread the love

वैज्ञानिकहरुले प्यास लाग्ने कारण र पानीले कसरी प्यास मेट्छ भन्ने खोज गरेका छन् । यसका लागि वैज्ञानिकहरुले मुसाको दिमागको गतिविधिको गहिरो अध्ययन गरेका छन् । उनीहरुको अध्ययनले मानिसलाई किन प्यास लाग्छ र यस्तो बेलामा चिसो पानीले कसरी प्यास मेट्छ भन्ने जिज्ञासाको जवाफ खोज गरेका हुन् ।

वैज्ञानिकहरुले प्यास लाग्ने कारण र पानीले कसरी प्यास मेट्छ भन्ने खोज गरेका छन् । यसका लागि वैज्ञानिकहरुले मुसाको दिमागको गतिविधिको गहिरो अध्ययन गरेका छन् । उनीहरुको अध्ययनले मानिसलाई किन प्यास लाग्छ र यस्तो बेलामा चिसो पानीले कसरी प्यास मेट्छ भन्ने जिज्ञासाको जवाफ खोज गरेका हुन् । मुसामा गरिएको प्रयोगमा एउटा विशेष सर्किटलाई खानेकुराले चाँडो उत्तेजित गर्ने र मुखमा चिसो हुँदा सो सर्किट शान्त हुने उनीहरुले पाएका छन् ।

मानिसमा र जनावरमा पानी पिउने स्वभावबारे भने उनीहरु अक्कमक्क परेका छन् । ‘जब रगत निकै नुनिलो हुन्छ वा रगतको मात्रा सुस्त हुन्छ हाम्रो दिमागमा हुने न्युरनले तिर्खा उत्पन्न गर्छ,’ युनिर्भसिटी अफ क्यालिफोर्नियाका वैज्ञानिक जाचरी नाईट भन्छन् । हामीले नुनिलो खानेकुरा बढी खाँदा प्यास (तिर्खा) बढ्ने उनी बताउछन् । डा. नाईटका अनुसार तिर्खा हाम्रो शरिरको तरल पर्दाथमा निर्भर हुने र बारम्बार परिवर्तन हुने गर्छ । उनको समूहले गरेको अध्ययन रिर्पोट दी जर्नल नेचरमा प्रकाशित छ । अनुसन्धानकर्ताहरुको समूहले दिमागले तिर्खाको इच्छा कसरी उत्पन्न हुन्छ भन्ने प्रक्रियाको पहिलो व्याख्या गरेका छन् ।

दिमागको गतिविधि अध्ययन गर्न अनुसन्धानकर्ताहरुले मुसाको स्नायू गतिविधिको परीक्षण गरेका थिए । मुसाको दिमागभित्रको गहिरो भागमा हुने विशेष प्रकारको कोष तिर्खा लाग्दा सक्रीय भएर चम्किने वैज्ञानिकले पाएका थिए । मुसाले कुनै खानेकुरा खाँदा वा पिउदा ती न्यूरोन कत्तिको व्यस्त हुन्छन भन्ने पत्ता लगाउन वैज्ञानिकले एउटा अप्टिकल फाईबर प्रयोग गरेका थिए । मुसा तिर्खाउँदा दिमागको कोष निकै सक्रीय हुन्थे । उनीहरुले पिउने वित्तिकै ती गतिविधि सुस्त हुन्थे ।

त्यसैगरी, मुसाले खानेकुरा खाँदा चाँडोचाँडो थस्र्ट सर्किट बलेको जस्तो देखिन्थ्यो । ‘पिउदा र खाँदा न्युरोनको गतिविधि चाँडोचाँडो तल माथि गरेका थिए । ओरल क्याभिटीको सिग्नलका आधारमा सो गतिविधि बढेको देखिन्थ्यो,’ डा नाईटले बीबीसीलाई भने । सो गतिविधिलाई तापक्रमले असर पार्ने उनी बताउँछ । ‘चिसो तरल पर्दाथले यी न्युरोनलाई अझै चाँडो सक्रीय बनाएका थिए’, उनले भने । -स्वास्थ्य खबरपत्रिका

Related Articles

Back to top button