समाचार

आज तीजको दर खाइँदै, ताजा परिकार मात्रै खान चिकित्सकको सुझाव

Spread the love

भदौ २६ ।
विभिन्न मिष्ठान्न परिकारका साथ आज नेपाली हिन्दू महिलाहरुले दर खाँदै छन् ।हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ ।
आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् ।तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन राति उठेर दर खाने चलन छ ।द्वितीयाका दिन राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।
यता स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान सुझाव दिएका छन् । सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।

Related Articles

Check Also

Close
Close