खेलकुुद

विश्वकप फुटबलमा आज ३ खेल हुने

Spread the love

पोखरा १ असार ।
२१ औं विश्वकप फुटबलको रसियामा बिहिबार भब्य उद्घाटन भएको छ । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा राष्ट्रपति भ्लाद्मिर पुटिनले विश्वकप फुटबलको उद्घाटन गरेका हुन् ।
महाकुम्भको रुपमा लिइने विश्वकप फुटबलमा आज तीन खेल हुदैछ । खेल तालिका अनुसार पहिलो खेल नेपाली समय अनुसार साझ ५ ः ४५ बजे समुह क मा रहेको इजिप्ट बिरुद्ध उरुग्वे भिड्नेछ ।
त्यस्तै गरी नेपाली समय अनुसारनै राती ८ ः ४५ बजे समुह ख अन्तर्गतका मोरक्को र इरानको विचमा खेल हुनेछ । विश्वकप फुटबलको दोस्रो दिनको अन्तिम खेल राति ११ ः ४५ बजे समुह ख मै रहेका पोर्चुगल र स्पेनको विचमा हुनेछ । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५ – ० गोल अन्तरले हराएको थियो ।

Related Articles

Back to top button