अन्य

टोले,झोले,डन र गुण्डाराज मित्र होईन सत्रु हुन् ः एसपी राना

Spread the love

लेखनाथ,६ जेठ ।
समग्र कास्की जिल्लाको शान्ति सुरक्षाको जिम्मा समाल्न आएका प्रहरी उपरिक्षक ओम बहादुर रानाले टोले,झोले,डन र गुण्डाराज मित्र नभइ सत्रु भएको बताएका छन् । लेखनाथ सामुदायिक सेवा केन्द्र एवंम समुदायिक प्रहरी सेवाले आईतवार राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै एसपी रानाले केही संचार मिडियाले तथ्य हीन र भ्रामक समचार प्रकासन गरेर आफुप्रति अफवाह फौलाउन खोजेको प्रति कडा रुपमा प्रस्तुत हुदै टोले,झोले,डन र गुण्डाराजलाई कास्कीमा मात्र होईन नेपालबाटै निस्तेज पार्ने बताएका हुन्
कास्कीको शान्ति सुरक्षामा कुनै कमि आउन नदिने प्रतिवद्धता जनाउदै एसपी रानाले जनता कै सहयोगमा लागुऔषध ओसार पोसार देखि दुर्बेसनिहरुलाई नियन्त्रणमा लिई कडाईका साथ अगाडी वढाउनेमा जोड दिदै घरेलु मदिराको उत्पादन देखि विक्रि वितरणमा पनि रोक लगाउने आफनो योजना रहेको सुनाएका थिए । समाजमा शान्ति सुब्यवस्था स्थापित गराउदै कोहो कसैले राजनितीको आधारमा ब्यवसायीलाई ठग्ने,धम्काउने र प्रलोभनमा पार्ने जस्ता अमानविय कार्य गरेको पाईएमा त्यो जो सुकै होस उसलाई ठाउको ठाउमा ठेगान लगाएरै छाड्ने प्रतिवद्धता समेत जनाएका थिए ।
न्यायको पक्षका जहिले पनि अगाडी रहेन र अन्याय परेको ठाउमा टुलु टुलु हेरेर नबस्ने आफनो बानी भएकाले विक्रिती र विसंगतीको अन्ते गरि जनता मैत्री वातावरणमा तल्लो तहसम्म शान्ति सुरक्षाको प्रत्याभुती हुने खालको काम गरेरै देखाउने छु उनको भनाई रहेका थियो । सिनियर टिनेजनरले जुनियर टिनेजरलाई लागु औषध तर्फ उन्मुख गरेको तथ्य प्रस्तुत गर्दै रानाले स्वयम अभिभावकहरु पनि सचेत भएर बिक्रिती रहित समाज निर्माण गर्ने अभियानमा समाहित हुन अनुरोध गरेरका थिए ।

Related Articles

Check Also

Close
Close