समाचार

धरहराको पुनर्निर्माण सुरु

Spread the love

१३ कात्तिक, काठमाडौं ।

विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी-रमन जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको थियो ।

प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार धरहरा पुनर्निर्माणको काम सुरु भइसकेको र त्यसको जग हाल्ने कामका लागि खन्ने काम सुरु भएको छ । धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गरिनेछ । केही निर्माण उपकरण पनि त्यहाँ राखिने र त्यसका लागि सेनाले टुँडिखेल प्रयोगको अनुमति दिइसकेको प्राधिकरणले जनाएको छ । त्यहाँ अस्थायी संरचना बनाएर श्रमिकहरु पनि बस्नेछन् ।

प्राधिकरणले स्थानीय समुदायले जात्राको समयमा धरहराको परिसर रत्यहाँको बाटो प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए । प्राधिकरणले त्यसका लागि आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै सुन्धारामा पानी आएमा विहानको समयमा पुजाआजाका लागि विना रोकावट प्रवेश गर्न दिन पनि स्थानीयको माग छ । प्राधिकरणले त्यसमा पनि सकारात्मक जवाफ दिएपछि पुनर्निर्माणको काममा अवरोध हुने अवस्था हटेको छ ।

Related Articles

Close