समाचारस्वास्थ्य

नेविसंघद्धारा वृक्षारोपण

Spread the love

पोखरा, २३ जेठ ।
नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिधालय इकाईले शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बिश्व बाताबरण दिबसको अबसर पारेर बिश्वबिधालय परिसरमा फुलहरु, कपुर, धुपी, निम, लगायत ४० भन्दा बढी रोपिएको हो ।
जिल्ला वन कार्यालय कास्कीले विरुवाहरु प्रदान गरेको थियो । कार्यक्रममा नेविसंघ कास्कीका प्रभावशाली विद्यार्थी नेता सागर रानाभाट र पोखरा विश्वविद्यालयका जुझारु विद्यार्थी नेता गोपि तिवारीले मानव जीवनमा प्रकृतिको महत्वयको वारेमा चर्चा गर्दै वातावरणको महत्वको वारेमा भावी पुस्तालाई पनि जानकारी गराउने बताएका थिए भने आगामी दिनहरुमा पनि यस्ता खालका सामाजिक तथा मानविय कार्यक्रमको आयोजना गरिने वताए ।
वृक्षारोपणमा विद्यार्थी नेताहरु सर्वेन्द्र न्यौपाने, निरज लामिछाने, राजन भण्डारी, शुसान त्रिपाठी, नुतन भण्डारी, सुरज थापा, मुकुन्द भण्डारी, विपिन नेपाली, सुनिल कुमाल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजन पोखरा विश्वविद्यालयका विद्यार्थी नेता राजिव भण्डारीले गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button