खेलकुुद

उदयपुर गोल्ड कपकको उपाधि थ्री स्टारलाई

Spread the love

जेष्ठ ५, २०७५

पाँचौ संस्करणको रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टार क्लबले उचालेको छ । चीर प्रतिद्वन्दी लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सिजनको दोस्रो उपाधि सहित थ्री स्टारले ५ लाख रुपैयाँ हात पारेको हो । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा सम्पन्न खेलमा थ्री स्टारको जितमा खेलको १८ औँ मिनेटमा विदेशी खेलाडी अजयी मार्टिनले निर्णायक गोल गरे । सिजनका तीन वटै प्रतियोगिताको फाइनलमा पुगेको मनाङ उपविजेतामा सीमित बनेको छ । मनाङले २ लाख ५० हजार रुपैयाँ हात पार्‍यो ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका पिटर बने । उनले ५० हजार पाए । विधागत तर्फ ४ गोल गरेका अजयी मार्टिन सर्वाधिक गोलकर्ता भए । उत्कृष्ट गोल रक्षक थ्री स्टारका एलेन न्यौपाने, उत्कृष्ट मिडफिल्डर रुपेश केसी, उत्कृष्ट डिफेन्डर विजय धिमाल र उत्कृष्ट प्रशिक्षक मेघराज केसी बने । उनीहरुले जनही १० हजार रुपैयाँ हात पारे ।

Related Articles

Back to top button