खेलकुुदसमाचार

माझठानामा वडा स्तरीय भलिबल प्रतियोगिता हुने

Spread the love

पोखरा, १४ असोज ।
पोखरा महानगरपालिका वडा नं.२८को ढुङ्गेथानमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । थमन परियार स्मृति प्रतिष्ठान नेपालको आयोजना र पोखरा महानगरपालिका वडा नं.२८को सह–आयोजनामा आगामी कात्तिक ६ गते देखि ८ गते सम्म हुने भएको थमन परियार स्मृति प्रतिष्ठान नेपालका संयोजक लाल मोहन तिवारीले जानकारी दिए ।

समाजको उन्नतिका लागि योगदान भन्ने नाराका साथ आयोजना गरिएको उक्त भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार एक सय एघार ,  ट्रफी , मेडल र प्रमाण पत्र , द्धितिय हुने समूहले ५० हजार ५ सय पचपन्न, ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक मनमोहन अधिकारीले जानकारी दिए ।

Related Articles

Check Also

Close
Close