खेलकुुदसमाचार

माझठानामा हुने वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी तिब्र

Spread the love

ऋषिराम रानाभाट ।
पोखरा, २३असोज ।
पोखरा महानगरपालिका वडा नं.२८को ढुङ्गेथानमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । यही कार्तिक ६ गते देखि ८ सम्म सन्चालन हुने वडा स्तरीय भलिबल प्रतियोगिताको तयारीलाइ तिब्र पारिएको छ । पोखरा र साविक लेखनाथकामा पत्रचार गरिसकिएको यज्ञ प्रसाद तिवारीले जानकारी दिएका छन् । थमन परियार स्मृति प्रतिष्ठान नेपालको आयोजना र पोखरा महानगरपालिका वडा नं.२८को सह–आयोजनामा हुने प्रतियोगितामा लेखनथा क्षेत्रका ६ वटा वडाका वडा अध्यक्षहरुसँग परामर्श गरीएको र सहयोगका लागि आग्रह समेत गरिएको थमन परियार स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष लाल मोहन तिवारीले बताए ।
समाजको उन्नतिका लागि योगदान भन्ने नाराका साथ आयोजना गरिएको उक्त भलिबल प्रतियोगितामा दर्ता शुल्क रु ५ हजार तय गरिएको छ भने प्रथम हुने समूहले १ लाख १ हजार एक सय एघार , ट्रफी , मेडल र प्रमाण पत्र , द्धितिय हुने समूहले ५० हजार ५ सय पचपन्न, ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक मनमोहन अधिकारीले जानकारी दिए ।

Related Articles

Close