खेलकुुदसमाचार

माझठानामा हुने वडास्तीय भलिबल प्रतियोगिताको तयारी अन्न्तिम चणमा

Spread the love

ऋषिराम रानाभाट
पोखरा, ३ कातिक । पोखरा महानगरपालिका वडा नं.२८को ढुङ्गेथानमा हुने वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । थमन परियार स्मृति प्रतिष्ठान नेपालको आयोजना र पोखरा महानगरपालिका वडा नं.२८को सह–आयोजनामा यही कार्तिक ६ गते देखि ८ सम्म सन्चालन हुने वडा स्तरीय भलिबल प्रतियोगिताको तयारीका वारेमा पत्रकार समेल्लन गरी जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक मनमोहन अधिकारीले  थमन पयिारको १५ औं स्मृती दिवसका अवसरमा आयोजित भलिबल प्रतियोगिता एवम् शहीद थमन परियार स्मृतिको नाममा नव निर्मित खेल मैदानको उद्ध्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसूब्बा गुरुङले गर्ने जानकारी दिए ।
समाज परिवर्तन र शहीद प्रतिको सम्मान र खेलकुदको विकास र विस्तारमा सहयोग पु¥याउने उद्धेश्येले आयोजना गरिएको भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ वटै वडाहरुको सहभागीता रहने जानकारी दिंदै प्रतियोगिताको विजेताले नगर रु १ लाख एक हजार एक सय एघार, उपविजेताले रु ५० हजार पाँच सय पचपन्न साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने सो अवसरमा कार्यक्रम संयोजक अधिकारीले बताए । उन्कृष्ट खेलाडी, वेस्ट प्लेयर, वेस्ट व्लकर, वेस्ट सेटर, वेस्ट क्वीक र वेस्ट सर्भरलाई समेत पुरस्कारको व्यवस्था गरिएको उनले बताए । पोखरा महानगरपालिकाका वडा कार्यलयमा टिम दर्ताका लागि पत्रचार गरिनुका साथै विभिन्न सामाजिक सन्जाल, सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गरिसकिएको पनि सो अवसरमा उनले जानकारी दिए । थमन परियारको संक्षिप्त जीवनी समेत प्रस्तुत गर्दै उनले यही कार्तिक ६ गते देखि ८ गते सम्म हुने वडा स्तरीय भलिबल प्रतियोगितालाइ सफल बनाउन सम्पूर्ण पत्रकारहरुलाई उनले आग्रह समेत गरे ।

प्रतियोगिता सम्पन्न गर्नका लागि प्रतिष्ठानले मनमोहन अधिकारीको संयोजकत्वमा १०१ सदस्यीय भलिबल प्रयितीयोगिता मूल आयोजक समिति र विभिन्न उपसमितिहरुको समेत गठन गरीएको बताउँदै बैन बहादुर गुरुङको संयोजकत्वमा आर्थिक उपसमिति, जिवन तिवारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, रामचन्द्र तिवारीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति  गठन गरी तयारीलाई अन्तिम चरणमा पु¥याइएको छ भने सचिवमा बुद्धिनाथ तिमिल्सिना रहेका छन । थमन परियार स्मृति प्रतिष्ठानका अध्यक्ष लाल मोहन तिवारीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलन आर्थिक उपसमितिका संयोजक बैन बहादुर गुरुङले स्वागत गरेका थिए भने प्रचार प्रसार उपसमितिका संयोजक जीवन तिवारीले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Close