खेलकुुदसमाचार

सागका महिला भलिबलका खेलहरु आज देखि सुरु हुँदै

नेपाली महिला टोलीले बंगलादेश सँग प्रतिष्पर्धा गर्ने

Spread the love

काठमाण्डौ, ११ मंसीर ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन मंसिर १५ गते आइतबार हुने भएपनि भलिबलका खेलहरु बुधबारदेखि सुरु हुँदैछन् । उद्घाटन खेलमा नेपाली महिला टोलीले दिउँसो ३ बजे बंगलादेशसित खेल्नेछ । तलिका अनुसार बुधबारै साँझ ५ बजे माल्दिभ्स र पाकिस्तान खेल्नेछन् ।
हालै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनको उपाधि जितेको नेपाली महिला टोलीलाई स्वर्णपदकको दाबेदार पनि मानिएको छ । बुधबारै नेपाली पुरुष भलिबल टोलीले बेलुकी ७ बजे बंगलादेशसित खेल्नेछ । पुरुष खेल बुधबार एउटामात्र हुनेछ । महिला तथा पुरुष दुवै विधाका खेलहरु दशरथ रंगशालास्थित कभर्डहलमा हुनेछन् । सागको भलिबलमा पुरुष र महिलातर्फ समान ६ टोली रहेका छन् । समूह चरणमा पुरुष र महिला दुवैमा एकै राष्ट्रहरु रहेका छन् । समूह ‘ए’मा नेपाल, बंगलादेश र भारत तथा समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

Related Articles

Close