गण्डकी प्रदेशमनोरञ्जनसमाचारसमाजस्थानीय

पर्यटकको गन्तव्य स्थल बन्दै माझठानाका झरना (With video)

Spread the love

लेखनाथ, २९ असार ।
असार २८,पोखरा । गण्डकी प्रदेश पोखरा महानगरपालिका अन्तर्गत साविक लेखनाथ नगरपालिका सात तालको बाटिका सहरले परिचित भए सँगै पोखरा महानगरपालिका वडा नं.२८ बास्तोला गाउँमा अवस्थित दुई वटा झरानाहरु आन्तरिक पर्यटकको गन्तव्य स्थल बनेका छन् ।
केरोना भाइरस केभिड १९ ले विश्वलाई नै आक्रान्त पारे सँगै नेपाललाई पनि यसले अछुतो राखेन । नेपाल सरकारले लगाएतको बन्दाबन्दीका वावजुद पनि बास्तोला गाउँमा रहेका स्थानिय रोल ाझरना र ढोडेनी झरनाले भने दैनिक रुपमा आन्तरिक पर्यटकलाई आकर्षण गरेका छन् ।
पृथ्वीराजमार्गको तालचोकदेखि वेगनासताल , शिशुवा मोहोरीयाबाट लामास्वारा, स्याखुदीबाट बाँस्तोला गाउँ हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ ।
पोखरा २७ तालचोकबाट करिब ७ कि.मी. को दुरीमा रहेका यि झरना दूरीका हिसाबले करिब ६० देखि ७० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुका साथै प्रचारप्रसारकै अभावमा ओझेलमा परेका स्थानियहरुको गुनासो रहेको छ । सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई मध्येजनजर गर्दै पछिल्लो समयमा यी झरनाहरुको संरक्षणका साथै पर्यटकीय रुपमा विकास गर्न स्थानीयले जागरुकता देखाएका छन् ।
रोलाखोला झरना ६० मिटर उचाइको छ भने सँगै रहेको अर्को ढोडेनीखोला झरना ४५ देखि ५० मिटर उचाइमा छ । पछिल्लो समयमा यहाँका दुईवटै झरनामा साहसिक खेल क्यानोनिङ सञ्चालन गरिएको छ । जेठ महिनादेखि मङ्सिरसम्म झरनामा पर्याप्त पानी हुने भए पनि बाँकी महिना भने पानीको मात्रा कम हुने गरेको छ । दुईवटै खोलाबाट पाइप विस्तार गरी खानेपानीको व्यवस्था गरेपछि झरनामा पानी घटेको हो । खानेपानीको अन्य विकल्प सोच्ने हो भने १२ महिना नै झरना देख्न सकिने सम्भावना रहेको स्थानिय बताउँछन ।
बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म विशेषतः युवावर्गको घुइँचो लाग्ने गरेको यी झरनालाई स्थानीयवासीको आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता रहेको छ ।
यतिखेर झरनामा आन्तरिक पर्यटकको आकर्षण बढे पनि साहसिक खेल क्यानोनिङ गर्नेको सङ्ख्या भने बढ्न नसकेको क्यानोनिङ सञ्चालक रोशन त्रिपाठीले बताए ।
उनका अनुसार संस्थाले क्यानोनिङका लागि नेपालीलाई प्रतिव्यक्ति रु एक हजार ५०० एवं बाह्य पर्यटकको हकमा भने प्रतिव्यक्ति ७० डलर निर्धारण गरेको छ । पाँच जनाको समूहमा आएमा जनही ६० डलर र त्योभन्दामाथिको सङ्ख्यामा एक जना बराबर ५० डलर शुल्क लिने व्यवस्था गरिएको छ । झरनामा क्यानोनिङका लागि आवश्यक पूर्वाधार निर्माणका लागि छ लाख रुपैयाँ खर्च भएको उनले बताए ।
कम्पनीले सो स्थानमा पुग्ने पर्यटकको सुविधाका लागि दुवै झरनाको बीचभागमा करिब ५० जना दर्शकलाई ओत बस्ने ट्रष्ट भवन, चेञ्जिङरुम र शौचालय निर्माण गर्ने तयारी गरिरहेको त्रिपाठीले बताए । गर्मी मौसममा चिसोपानी सहितको झरनामा डोरीको सहायताले ६५ मिटरको उचाइबाट झर्दा छुट्टै आनन्दको महसुस भएको पोखरा २६अर्घौका प्रदीप अधिकारी ले बताए ।
प्रचारप्रसारको अभाव र पूर्वाधार विकास हुन नसकेका अवस्थमा पनि झरनामा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा दिन प्रति दिन वृद्धि भएको स्थानीय मित्रलाल बास्तोलाले बताए ।

 

Related Articles

Close