
ऋषिराम रानाभाट
पोखरा, १८ मंसिर ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकर स्थित रत्न शोभा माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई विदाइ एवम् कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । शैक्षिक सत्र २०७६ मा अध्ययन गरेका कक्षा ११ का विद्यार्थीहरुले सोही शैक्षिक सत्रमा कक्षा १२ मा अध्ययन गरी हालै राष्ट्रिय परीक्षा बोर्डको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई विदाइ एवम् शैक्षिक सत्र २०७७ कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
विद्यार्थी रोशनी भुुर्तेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुुढाथोकीले विद्यार्थीहरुले स्वागत र विदाई कार्यक्रमको परम्परालाई निरन्तरता दिएको आयोजक विद्यार्थीहरुलाई धन्यवाद दिंदै विद्यार्थीहरुले आफ्नो कर्तव्यबाट विचलित नहुन आग्रह गर्नुु भयौ । त्यस्तै गरी परीक्षा दिएर बसेका विद्यार्थीहरुको राम्रो नतिजाको पनि शुुभकामना व्यक्त गर्नुु भयो । सोही कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्य शिव प्रसाद तिवारी, शिक्षकहरु ऋषिराम रानाभाट, उदयराज ओझा, पार्वती गुुरुङ लगाएतले विद्यार्थीहरुमा अनुुशानको अति नै महत्व हुुने हँुदा आगामी दिनहरुमा पनि अनुुशासनलाई ख्याल गर्दै आफ्नो कर्तव्य पुुरा गरेमा सोचे अनुुसारको प्रतिफल प्राप्त गर्ने कुुरामा जोड दिंदै शुुभकामना व्यक्त गर्नुु भयो ।
यसै गरी विदाई भएका विद्यार्थीहरु कमला रानाभाट, सुदान गुुरुङ, कक्षा ११ का विद्यार्थी दिप्ति गुुरुङ र अस्मिता रानाभाटले आ–आफ्नो विचार व्यक्त गरेका थिए । आयोजक विद्यार्थीहरुले मायाँको चिनो समेत प्रदान गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरु सुुस्मिता अधिकारी, सुुसिल तिवारी, प्रिती पुुन, देविका परियार, दिप्ति गुुरुङ, स्वस्तीका परियार लगाएतले आ–आफ्नो प्रतिभा प्रस्तुुत गरेका थिए । आयोजक विद्यार्थी उज्वल भुुर्तेलले स्वागत गरेका थिए भने विद्यार्थीहरु सविना भुुर्तेल र भुवनेश्वर तिवारीले कार्यक्रमको सञ्चालन गरेको कुरा विद्यार्थी सुुसान्त कुुंवरले गाउँले मिडियालाई जानकारी दिए ।