मनोरञ्जनरोचकसमाचार

न्यू लाइटमा कक्षा ११का नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

Spread the love

ऋषिराम रानाभाट
शिशुवा, १० साउन ।
पोखरा महानगरपालिका वडा नं.३० शिशुवा स्थित न्यू लाइट माविमा कक्षा ११ मा अध्ययन गर्ने नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत एवम् अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजना एवम् कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुको व्यवस्थापनमा उक्त कार्यक्रम विहिवार सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क वहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्य सोमलाल कंडेलले अनुशासित र मयार्दा अनुसार काम गर्ने मानिस सँधै समाजमा स्मरणिय रहने भन्दै विद्यार्थीहरुलाइ भविष्यमा सोही अनुसार अनुशासित भइ आफ्नो अध्ययन कार्यलाइ अगाडि बढाउन आग्रह गरे । त्यस्तै गरी लक्ष्मी आदर्श माविका प्रधानाध्यापक रविन्द्र नाथ भट्टराइ , समाजसेवी एवम् गण्डकी विोडिङ स्कुलका पूर्व प्रिन्सिपल वामदेव जमरकट्टेल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

सकारात्मक सोचका अभियान्ता अन्तिम गुरुङले रामायणमा राम , भरत लक्ष्मणको मर्यादा र समर्पण र हनुमानको कुशल नेतृत्वको प्रसंग को चर्चा गर्दै जिवनलाइ सार्थक बनाउन संघर्ष गर्दै जानुपर्ने बताए। जिबनबाट अहंकार, इष्र्या र घमण्डलाइ त्याग्नुपर्नेमा जोड दिंदै सबै मानवमा सकारात्मक सोच भएमा जिवन सफल हुने बताए। त्यस्तै गरी ऋचा भट्टराई र स्पन्दन पोख्रेलले पनि सकारात्मक सोच सम्बन्धि आफ्नो भनाइ प्रस्तुत गरेका थिए।

कक्षा १२ का विद्यार्थी सुशिला ठाकुर र सफल श्रेष्ठले स्वागत गरेका थिए भने विद्यायका प्रिन्सिपल बुद्धि प्रसाद वास्तोलाले कार्यक्रम माथि प्रकाश पार्दै विद्यालयमा विद्यार्थीहरुले पालना गर्नुपर्ने आचारसंमिताको वारेमा जानकारी गराउँदै विद्यार्थीहरुको सर्वाङ्गिणी विकासका लागि विद्यालय कुनै कसुर वाँकी नराख्ने बताए । विद्यालयका शिक्षक अरुण चन्द्र सुवेदीले कार्यक्रम सन्चालन गरेको कुरा विद्यालयका संस्थापक रामकृष्ण कोइरालाले गाउँले मिडियालाइ जानकारी दिए।

 

Related Articles

Check Also

Close
Close