खेलकुुद

विश्वकप फुटबलमा इरान र उरुग्वको जीत , पोर्चुगल र स्पेन बराबरीमा

Spread the love

पोखरा, २ असार ।
विश्वकप फुटबलअन्तर्गत समूह ‘वि’ को पहिलो खेलमा इरानले जित हात पारेको छ । इरानले मोरक्कोमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको हो । रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा मोरक्कोका अजिज बौहाडौजले आत्मघाति गोल गरेपछि इरानले अन्तिम समयमा रोमाञ्चक जित निकालेको हो । थप गरिएको अत्तिरिक्त समयमा मोरक्कोका अजिजले आत्मघाति गोल गर्न पुगे । उनले हेडबाट गोल बचाउने क्रममा गोल गर्न पुगेका थिए । शुक्रबार रूसको एकाटिरिनवर्गमा भएको विश्वकप खेलको दोस्रो खेलमा उरूग्वेले इजिप्टलाई १–० गोलले हराएको छ । उरूग्वेको जीतका लागि जोस गिमेन्नेजको ‘हेडिङ’मार्फत खेलको ८९ औँ मिनेटमा योगदान गर्नुभएको थियो ।

यसै गरी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकले निकै रोमाञ्चक बनेको स्पेन र पोर्चुगलबीचको खेल ३ ३ गोलको बराबरीमा सकिएको छ। चौथो मिनेटबाट गोल गर्न सुरु गरेका रोनाल्डोले खेलको निर्धारित समयभन्दा दुई मिनेटअघि ह्याट्रिक पूरा गरे। चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरेका रोनाल्डोले ४४औँ मिनेटमा डीबक्स बाहिरबाट सुन्दर गोल गरे। उनले ८८औँ मिन्टमा प्राप्त फ्रिकिकको अवसरलाई सुन्दर गोलमा परिणत गरे। रोनाल्डोले ह्याट्रिक गर्दा पोर्चुगलका अन्य खेलाडीले बललाई जाली चुमाउन सकेनन्। जसका बाबजुद पोर्चुगल स्पेनसँग बराबरीमा रोकियो। स्पेनलाई बराबरीमा र्पुयाउन डिएगो कोस्टाले दुई र नाचोले एक गोल गरे। कोस्टाले २४औँ र ५५औँ मिनेटमा गोल गरे भने नाचोले ५८औँ मिनेटमा गोल गरेका थिए। ग्रुप बी का यी दुई देशबीचको खेललाई विश्वभर चासोका साथ हेरिएको थियो। यी दुई देशले बराबरी खेलेपछि ग्रुप बी को शीर्ष स्थानमा तीन अंकका साथ इरान रहेको छ भने स्पेन दोस्रो र पोर्चुगल तेस्रो स्थानमा रहेको छ। मोरक्को भने ग्रुपको पुछारमा रहेको छ।

Related Articles

Back to top button