खेलकुुद

विश्वकप फुटबल अन्तर्गत आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान प्रतिष्पर्धा गर्दै

Spread the love

काठमाडौं, असार १८ ।
विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा वेलुकी पौने ८ बजे सुरु हुनेछ । रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा स्विट्जरल्याण्डसँग १(१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टा रिकालाई २–० ले तथा अन्तिम खेलमा सर्वियालाई २–० ले हराएको थियो ।
मेक्सिको भने समूह एफ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसँग भने पराजित भएको थियो । आजै राति पौने १२ वजे बेल्जियम र जापान भिड्नेछन् । बेल्जियम समूह जी को विजेता तथा जापान समुह एफको उपविजेताको रुपमा नकआउट चरणमा पुगेका हुन् । समूह का सबै ३ खेल जितेको बेल्जियम उपाधि दावेदार टोली हो । जापान भने एसियाबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने एक मात्र टोली हो ।

Related Articles

Close