विश्वसमाचार

विश्वबजारमा तेलको मूल्य २५ प्रतिशतले घट्यो, विश्व बजार नै प्रभावित 

Spread the love

काठमाण्डौ, २६ फागुन ।

कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ। अन्तर्रा्ष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ ।

लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ। यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ, यो पाँच वर्ष यताकै सबैभन्दा ठूलो नोक्सानी हो। मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरु साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरुबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो।

विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ। तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ। मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको छ। कोरोनाभाइरसका कारण अर्थतन्त्रको गति सुस्त हुनुको अर्थ मागमा कमी आउनु पनि हो।

Related Articles

Check Also

Close
Close