समाचार

जोन ९१ को तेस्रो डिष्ट्रिक एड्भाइजरी कमिटि बैठक सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, २३ माघ ।
अन्तरािष्ट्रय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपाल अन्तर्गत क्लबस्टर २१, रिजन ४३ जोन ९१ को तेस्रो डिष्ट्रिक एड्भाइजरी जोन मिटिङ सम्पन्न भएको छ ।
जोन चियर पर्सन लायन भक्त बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको मिटिङमा डिष्ट्रिक पि आर ओ इन चिफ रामचन्द्र पोख्रेलले लायन्स क्लबहरुले सम्पादन गर्नुपर्ने सामाजिक कार्यहरुको वारेमा चर्चा गर्दै सम्पूर्ण लायन्स क्लबहरुले डिष्ट्रिक गभर्नरको थिम अनुसार सामाजिक एवम् मानविय सेवाका कार्यहरु गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै गरी पि आर ओ दिपेन्द्र शर्मा, रिजन चियर पर्सन दुर्गा कुमार श्रेष्ट, कमिटी चियर पर्सन सागर लामिछाने लगाएतले अन्तराष्ट्रिय लायन्स क्लबका वारेमा चर्चा गरेका थिए ।
यसै गरी लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटी, लायन्स क्लब अफ तनहूँ शुक्लागण्डकी टाउन, लायन्स क्लब अफ वेगनास तालनगरीका अध्यक्षहरुले भावी कार्यक्रमहरु, सचिवहरुले क्लबले सम्पादन गरेका कार्यहरु र कोषाध्यक्षहरुले क्लबको आर्थिक गतिविधिका वारेमा चर्चा गरेका थिए भने लायन्स क्लब वेगनास तालनगरीका संस्थापक अध्यक्ष एवम् कमिटी चियर पर्सन ऋषिराम रानाभाटले स्वागत गरेको कुरा लायन्स क्लब अफ वेगनास तालनगरीका अध्यक्ष केशवव राज तिवारीले जानकारी दिए।

Related Articles

Close