लिटल फ्लावरमा विदाई कार्यक्रम सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

२४ फाल्गुण , पोखरा ।

पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा एक कार्यक्रमका बीच एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई शुक्रबार कक्षा ९ले विदाई गरेको छ । हरेक वर्ष जस्तै कार्यक्रमलाई निरन्तरता दिंदै यस वर्ष पनि शैक्षिक सत्र २०७५ को एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम गरिएको हो । कक्षा ९ का करण पुनको अध्यक्षतामा भएको कार्यक्रममा डाइरेक्टर कमल खड्काले उज्वल भविष्यको कामना गर्दै यस क्षेत्रकै नाम फैलाउन विद्यार्थीहरुलाई आग्रह गरे ।

यसै गरी प्रिन्सिपल विष्णुहरि पौडेलले विद्यार्थीहरुलाई एसईई परीक्षामा अझै उत्कृष्टता देखाउन आग्रह गर्दै विद्यालय र गुरुहरुको सधैं सद्भाव रहने बताए । कक्षा ९ की रितिका भण्डारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यालय संस्थापक देवी खड्का ,राइजिङस्टार युवा क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङ, लगायतले आ–आफ्ना धारणा सहित शुभकामना प्रदान गरेका थिए ।

एसईई परीक्षा तयारी गरिरहेका मध्येबाट मोनालिसा तामाङ्गले आभार ज्ञापन गरेको उक्त कार्यक्रममा शिक्षकशिक्षिकाहरु तथा कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो । नृत्यहरु समेत प्रदर्शन गरिएको उक्त कार्यक्रमको सञ्चालन कक्षा ९ की छात्रा सन्ध्या अधिकारीले गरेकी थिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्