फिस्टेल मा.वि.पोखरामा ‘फिस्टेल एसइई कप २०८१’ हुने 

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, जेठ ३ गते । पोखरा १७, तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही जेठ ७ गतेबाट ९ गतेसम्म फिस्टेल एसइई कप २०८१ सञ्चालन गर्ने भएको छ । एसइई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरूलाई लक्षित गरी सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

यस प्रतियोगितामा छात्रतर्फ सेभेन ए साइड फुटबलमा जम्मा ३२ समूह रहेका छन् । यसैगरी छात्रातर्फ ३/३ बास्केटबलमा ६ समूह सहभागी हुने छन् । प्रतियोगिता विद्यालयकै खेल मैदान तल्लो बिरौटा, पोखरा १७ मा सञ्चालन हुने छ । औपचारिक उद्घाटन जेठ ७ गते हुने भए पनि ५ गते शनिबारबाट नै उद्घाटनपूर्वका खेलहरू सञ्चालन हुने छन् ।

वि.सं. २०५१ सालमा स्थापना भएको यस विद्यालयले पोखरा र समग्र राष्ट्रिय स्तरमा नै गुणस्तरीय शिक्षाका माध्यमबाट आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आइरहेको छ । एसइई २०७९ मा ४ जिपिए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालयले विगत दुई वर्षदेखि आफूलाई गण्डकी प्रदेशकै प्रगतिशील विद्यालय (Progressive School) का रूपमा अगाडि बढाउँदै आइरहेको छ । यो विद्यालय आईबी पिवाईपी (IB PYP) प्रस्तावित विद्यालय समेत रहेको छ ।

शैक्षिक गुणस्तरका साथै विद्यार्थीहरूको शारीरिक एवम् संवेगात्मक विकासका लागि यस विद्यालयले अतिरिक्त क्रियाकलाप

लाई निकै सशक्त रूपमा अगाडि बढाउँदै आइरहेको छ । गत मङ्सिर महिनामा विद्यालय स्तरको प्रतियोतिाअन्तर्गत निकै ठुलो पुरस्कार राशि रहेको ‘फिस्टेल स्पोर्ट फेस्ट २०८०’ सम्पन्न गरेको विद्यालयले यस पटक भने प्रथम र द्वितीय पुरस्कारका रूपमा फुटबलतर्फ क्रमशः नगद १५ र १० हजार तथा बास्केटबलतर्फ क्रमशः १० र ५ हजार नगदका साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गर्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्