न्यू लाइटमा स्वागत (फोटो सहित )

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ९ भदौ । पोखरा महानगरपालिका वडा नं.३० स्थित न्यू लाइट बोडिङ स्कुलमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा कक्षा ११ मा पढ्ने विद्यार्थीहरुलाई शनिबार स्वागत कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यालयका निर्देशक नविन कुमार देवानले विद्यालयमा युवामैत्री बातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिंदै आएको बताउँदै विद्यार्थीहरुले अनुशासनलाई कायम राख्दै आफ्नो पठनपाठनलाई अगाडि बढाउनुपर्ने सुझाव राख्नु भएको थियो ।

यसै गरी विद्यालयका प्रिन्सिपल बुद्धि प्रसाद बास्तोलाले विद्यालयले शिक्षाको ज्योती फैलाउँदै स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा विद्यालय कहिल्यै पनि पछि नपर्ने बताउनु भयो । यसै गरी निर्देशक समितिका सदस्य एवम् लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले विद्यार्थीले आफ्नो कर्तव्यलाई कहिल्यै पनि विर्सन नहुने बताउँदै आफ्नो लक्ष्यमा निरन्तर रुपमा अगाडि बढेमा लक्ष्यमा पुग्न सकिने बताउनु भयो ।

कक्षा ११ का विद्यार्थीहरुलाई सम्झनाको चिनो समेत प्रदान गरिएको उक्त कार्यक्रमको कक्षा १२ का विद्यार्थी प्रिता गुरुङले स्वागत र कक्षा ११ का विद्यार्थी एकता सुवेदीले धन्यवादन ज्ञापन गर्नु भएको थियो । कक्षा १२ का विद्यार्थी रोजिन कतिलाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी विद्याराज पौडेलले गरेका थिए भने कार्यक्रम संयोजन शैक्षिक प्रशासन प्रमुख अरुण चन्द्र सुवेदीले गर्नु भएको थियो । विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्