सांग्रिला डेभलोपमेन्ट बैंक तालचोक शाखाको वितिय साक्षरता कार्यक्रम

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा,चैत१०। पोखरा महानगरपालिका २७ तालचोक3मा रहेको सांग्रिला डेभलोपमेन्ट बैंक लि. शाखाले वित्तिय साक्षरता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

बैकले ग्लोबल मनि वीक २०२४ लाई मनाउने क्रममा पोखरा महानगरपालिका वडा नं २९ स्थित भणडारढिक मा रहेकोे जन प्रकाश माद्यमिक बिधालयका कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई बित्तीय सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा तालचोक शाखाका शाखा प्रबन्धक बिजय राज कंडेलले बैंकको बारेमा स्पष्ट पार्दै बैंकमा पैसा बचत गर्दा हुने फाइदा, बैंकको आवश्यकता, खाता सञ्चालन तरिका, बचत ,लगानी , विप्रेषण लगाएतका विषयमा सहजीकरण गरेका थिए । ग्लोबल मनि वीक २०२४ को अबसर मा बैंकको प्रधान कार्यालय लगायत नेपाल भरिका सम्पुर्ण साखाहरुले बित्तीय सचेतना तथा आन्य भिभिन्न कार्यक्रम गरि ग्लोबल मनी वीक २०२४ लाई मनाइरहेको छ ।

२०६० सालमा नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी स्थानिय विकासको आधार भन्ने बैंकको मुल नारालाई आत्मसाथ गर्दै आर्थिक कारोबार सुरु गरेको बैकले मोवाइल बैकिङ सेवा, एस एम एस बैंकिङ सेवा, ए.टि.एम को सुविधा, ए वि वि एस सेवाका साथै आवधिक कर्जा, ओभर ड्राफ्ट कर्जा,आवास कर्जा, कृषि कर्जा लगाएतका विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्दै आइरहेको समेत कंडेलले सो अवसरमा जानकारी दिएका थिए । साथै उक्त बित्तीय सचेतना कार्यक्रम मा पोखरा क्लस्टर बिजनेस डेभलपमेन्ट डिपार्टमेन्ट को तर्फबाट जयन्ती सुवेदिले बाल भबिष्य खाता र बिधालय जीवन बाट नै बचत गर्ने बानीको बिकास ले भबिष्य उज्ज्वल हुने बताउँदै हामीले ब्यक्तिगत तथा पारिबरिक बजेटको योजना बनाउनेतर्फ जोड दिनुपर्ने र विद्यार्थी जीवन बाट सेयर मार्केटको बारेमा जानाकरी राख्नु पर्ने कुरा समेत प्रकाश पारेकी थिइन् ।

उक्त कार्यक्रम मा तालचोक शाखा कि कर्जा सहायक प्रमिला अधिकारीले बैंक ले प्रदान गर्ने कर्जा को बारेमा समेत प्रकाश पारेको कुरा शाखा प्रबन्धक कंडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्