जनज्योती मा.वि.मा एस ई ई परीक्षामा सफल हुने विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २० असार । पोखरा महानगरपालिका वडा नं.२८ स्थित जनज्योती माविले एस ई ई २०८० मा सफल हुने विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवम् विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण केसीले सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तरमा ध्यान दिन सके स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्ने बताए । यसै गरी वडा शिक्षा समितिका संयोजक एवम् पोखरा २८का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले समय सापेक्ष अनुसार वडामा रहेका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षामा बृहत छलफल गर्नुपर्ने आवश्यकता औंल्याए । त्यस्तै गरी वडा सदस्य डाल्डादेवी भुजेल, इन्द्रकला वि.क., विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर थापा, विद्यलाय व्यवस्थापन समितिका सदस्य धन बहादुर सुनार , अभिभावक प्रकाश भुजेल, विद्यार्थी बन्दना खड्का लगयातले एस ई ई परीक्षामा प्राप्त भएको सफलतालाई आगामी शैक्षिक सत्रमा कायम राख्नपर्नेमा जोड दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक नगरेन्द्र राज लामिछानेले स्वागत गरेका थिए भने शिक्षक किर्ति बहादुर अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्