लेखनाथ नेवाःमिस पुचको उद्घोषण तालिम

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,३२ असार । नेवारी समुदायका महिला समुहको साझा सस्था नेवाः मिस पुच लेखनाथ ईकाई समितिले तिन दिने उद्घोषण तालिमको आयोजना गरेको छ ।

लेखनाथ भित्र रहेका नौ वटा ईकाईको प्रतिनिधीत्व हुने गरि महिलाहरुका लागि सभा सम्मेलन तथा विभिन्न कार्यक्रममा निर्धक्क रुपमा वोल्न कलाको विकास गराउने उदेस्यले राखिएको तालिममा ३६ जनाको सहभागिता रहेको थियो ।

वुधवार देखि सुरु भएको तालिमको शुक्रवारको समापन समारोहमा वोल्दै रुपा गाउपालिकाकी उपाध्यक्ष लालसुब्वा गुरुङले महिलाहरुले आफना कुरा स्पष्ठसँग राख्न नसकिएकै कारण पछि परेकाले अव तालिमबाट सिकेका विषय वस्तुलाई ब्यवहारमा उतारेर महिला अधिकारलाई स्थापित गर्ने गरि आवज उठाउन आग्रह गरेकी थिईन ।

सोही अवसरमा कास्की मिसःपुचका अध्यक्ष संगिता वज्राचार्यले तालिम तालिकका लागि मात्र नभई जिवन उपयोगि बनाएर नेतृत्व लिने ठाउमा पुग्न अनुरोध गरेकी थिईन भने पोखरा महानगरपालिका वडा नं ३३ की वडासदस्य दुर्गा केसीले तालिम पछिको अभ्यासले जरुरी रहेको वताएकी थिईन ।

नेवाः मिस पुच लेखनाथकी अध्यक्ष मिनामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे,मिस पुच कास्कीकी निर्वतमान अध्यक्ष मेनुका श्रेष्ठ,नेवाःखल लेखनाथका अध्यक्ष भैरवलाल श्रेष्ठ,सस्थापक अध्यक्ष प्रेम लिगल,गणेश नेवाः खल गगनगौडाका अध्यक्ष जयराम श्रेष्ठ लगाएतले भाषा र सस्कृतीको रक्षाका लागि पनि तालिम फलदायी हुने विश्वास ब्यक्त गरिएको थियो ।

संचारकर्मी सुस्मा पौडेलले प्रशिक्षण दिएको कार्यक्रमको संचालन नेवाः मिस पुच लेखनाथकी सचिव संगिता श्रेष्ठले गरेकी थिईन भने स्वागत मन्तव्य सदस्य सर्मीला श्रेष्ठले गरेकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्