लायन्स क्लब अफ पोखरा राइजिङ सनद्धारा पोशाक वितरण

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ४ असोज । अन्तराष्ट्रिय लायन्स डिष्ट्रिक ३२५ आइ अन्तरगत रहेको लायन्स क्लब अफ पोखरा राइजिङ सनले विद्यार्थीहरुलाई पोशाक वितरा गरेको छ ।
पोखरा महानगरपालिका वडा नंं२८ स्थित रत्नशोभा माध्यमिक विद्यालय माझठानामा बालबिकास कक्षा देखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण गरिएको हो ।
स्विट्जरल्याण्डका एरिक र क्रान्ति गिरीको आर्थिक सहयोग , लायन्स क्लब अफ पोखरा राइजिङ सनको व्यवस्थापनमा पोशाक वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पोशाक वितरण कार्यक्रमले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको चातर्फी विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा विद्यार्थीहरुको अध्ययन कार्यमा रुची जाग्नुका साथै परिणाममुखी शिक्षामा सफलता मिल्ने आफूलाई विश्वास लागेको बताउँदै विद्यालायमा शैक्षिक सुधारका लागि सरोकारवाला सबै एकजुट हुनुपर्नेमा जोड दिंदै आवश्यकता अनुसार वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी जिल्ला कार्यकारी प्रमुख टंकराज अधिकारीले लायन्सले शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा सहोग गर्दै आएको बताउँदै यस सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिएको पोशाक कार्यक्रमले समाजमा चेतना फैलाउने काम भएको बताए । यसका लागि लायन्स क्लब अफ पोखरा राइजिङ सनलाई धन्यवाद दिएका थिए ।
यस्तै गरी विद्यालय व्ववस्थापन समितिका अध्यक्ष एवम् लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले यस विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले आफू पढेको विद्यालयलाई सम्झेर विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा क्लबका अध्यक्ष सूर्य चपाइ लगायतका सदस्यहरुलाई धन्यवाद दिएका थिए । बाँकी रहेका विद्यार्थीहरुलाई विभिन्न संघ संस्थाकोहरुको सहयोगमा वितरण गरिने सो अवसरमा अध्यक्ष तिमिल्सेनाले जानकारी दिए ।
प्रधानाध्यापक किरणबाबु न्यौपानेले पोशाक वितरण गर्ने लायन्स क्लब अफ पोखरा राइजिङ सन र आर्थिक सहयोग गर्ने डोनर एरिक र क्रान्ति गिरीलाई धन्यवाद दिएका थिए । यस कार्यक्रमले विद्यार्थीको क्षमतालाई प्रफुस्टन गराउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै न्यौपानेले यसै विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको मन मस्तिष्क विद्यालयको प्रगतिमा रहेको आफूले अनुभुति गरेको बताए । आगामी दिनमा लायन्स क्लब र सहयोगी दाताहरु र विद्यालय बिचको सम्बन्ध सुमधुर हुने विश्वास गर्दै प्र.अ.न्यौपानेले कार्यक्रलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सक्रिय सहभागीता र सदभावका लागि सरोकारवला सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र शिक्षक अभिभावक संघका सदस्यहरुको समेत उपस्थिती रहेको कार्यक्रममा डोनर क्रान्ति गिरीले यो कार्यक्रम यहाँ सम्म ल्याउन आफूलाई प्रेरित गर्ने क्लबका अध्यक्षलाई धन्यवाद व्यक्त गर्दै विद्यालयका विद्यार्थीहरुलाई पोशाक आवश्यक भएको आफूलाई महशुष भएको व्यक्त गरिन् । आगामी दिनमा यस्ता मानविय सेवाका कार्यहरु गर्दै जाने पनि सो अवसरम गिरीले बताइन् ।
त्यस्तै गरी डिष्ट्रिक एम्बेष्टर रोजी श्रेष्ट, जोन चियर पर्सन युवराज खनाल लगायतले लायन्स क्लबले गर्ने मानविय सेवा तथा समाज सेवाका कार्यहरुको बारेमा चर्चा गर्दै मानव जीवनमा धैर्यता र अनुशासन महत्वपूर्ण हुने बताए ।
त्यस्तै गरी क्लबका अध्यक्ष सूर्य चपाईले लायन्सको आफ्नै विशेषता भएको बताउँदै लायन्स क्लबले आफू भन्दा कम अवसर पाएका व्यक्तिहरुलाई सहयोग गर्ने बताए । आफूले अध्ययन गरेको विद्यालयमा पोशाक वितरण गर्न पाउँदा धेरै खुशी लागेको बताउँदै आवश्यकता अनुसार आगाी दिनमा पनि यस्ता मानविय सेवाका कार्यहरु गर्ने बताए ।
क्लबका पूर्व अध्यक्ष राजकुमार ढकालले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए भने क्लबका सचिव अनिल कोइरालाद्धारा सञ्चालन गरिएको कार्यक्रम क्लबका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक सुर्य चपाइको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने लायन वर्ष २०२४ / २५ का क्लबका अध्यक्ष अन्जना गिरीको अगुवाइमा कार्यक्रम भएको कुरा कार्यक्रम संयोजक एवम् क्लबका संस्थापक अध्यक्ष चपाइले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्