पोखरा २९ भण्डारढीकमा सामुहिक रुपमा विश्वकर्माको पुजा

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,१ असोज । विश्वकर्मा पुजाको अवसर पारेर मंगलवार पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीकमा सामुहिक रुपमा विश्वकर्माको पुजा आरधना गरिएको छ ।

विश्वकर्मा मन्दिर ब्यवस्थापन समितिको आयोजनामा हरेक वर्ष जस्तै यो वर्ष पनि सामुहिक रुपमा मन्दिर परिसरमा जम्मा भई विश्वकर्मा वावाको वैदिक विधिपुर्वक पुजा आजा गरि मनाईएको हो ।

पुजा पुर्व तालचोकबाट सुरु भएको धार्मीक ¥यालीमा विभिन्न आमा समुह तथा टोल विकास सस्थाहरुले एकताबद्ध भएर कलश यात्रा सहित भण्डारढीकमा रहेको विशवकर्मा वावाको मन्दिर परिसरमा पुगी पुजा आजामा सहभागी भएका थिए ।

कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले समाजमा हुने विभिदको अन्त्ये गरि सवै जात जातीलाई एकताको स्ुत्रमा वाध्ने काम धर्मको माध्यमवाट हुने भएकोले सवै जातजातीले मनाउने धर्मको सार भनेकै मानव कल्याणको काम भएको धारणा राखेका थिए ।

विश्वकर्मा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष खोप बहादुर वि कको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका सल्लाहकार मोतीलाल सुनार,आदर्श युवा क्लवका अध्यक्ष पदम गुरुङ,नर्मदेश्वर मोक्ष आश्रम संरक्षण समितिका सचिव माधव भण्डारी, ट्रफिक प्रहरी पोष्ट गगनगौडाका प्रमुख श्रवण कुमार वि क ,लेखनाथ निर्माण ब्यवसायि समितिका अध्यक्ष भीम बहादुर नेपाली, सम्पुर्ण आमा समुहको तर्फबाट चिज कुमारी सुनार,स्थानिय दिपकमणि भण्डारी,वल वहादुर वि क ,रामवहादुर वि क र राजु वि क लगाएतले स्वधर्मको रक्षाका लागि पनि सामुहिक रुपमा अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा विश्वकर्मा मन्दिर निर्माणमा सहयोग पु¥याउनु हुने र विश्वकर्मा समाज अन्तरगत रहेका ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सन्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्