पोखरा २८ आरुपाटामा सरसफाइ कार्यक्रम सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, भदौ ३० । पोखरा महानगरपालिका वडा नंं२८ आरुपाटामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । आरुपाटा टोल विकास संस्थाको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

आफ्नो टोलको सरसफाइ गरी वातावरण स्वच्छ राख्न र सडकमा हुन सक्ने दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले सरसफाइ कार्यक्रम गरिएको संस्थाका अध्यक्ष वेदनाथ अधिकारीले जानकारी दिए ।

सरसफाइ कार्यक्रम दिपाङताल माथिबाट लेखनाथ आधारभूत विद्यालय सम्मको सडकको दायाँ बायाँ किनारमा र सडकको नाला सफा गरि फोहोर व्यवस्थापन गरिएको थियो । सरसफाइ कार्यक्रममा आरुपाटा टोलवासीको उल्लेख्य रुपमा सहभागीताका लागि धन्यवाद दिंदै अध्यक्ष अधिकारीले आगामी दिनमा पनि आफ्नो टोलको विकास , धार्मिक तथा संस्कृतिको संरक्षण गर्न र वातावरण स्वच्छ राख्न सबै टोलबासी आग्रह पूर्वाग्रह नराखी सामाजिक कार्यमा जुट्न आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी