पोखरा –२८रत्नशोभा मा.वि.मा तीज गीत प्रतियोगिता(फोटो सहित )

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १९ भदौ ।
पोखरा महानगरपालिका वडा नं –२८ स्थित रत्नशोभा मा.वि.ले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको विद्यार्थीहरु बिचको तीज गीत प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
प्रतियोगितामा १० वटा विद्यार्थी समूहले सहभागिता जनाएकोमा कक्षा १–५ तर्फ कक्षा २ खुशी नेपालीको समूह प्रथम, कक्षा ४ अनुस्का नेपालीको समूह दोस्रो र कक्षा ३ का संयोगराज कंडेलको समूह तेस्रो स्थान हासिल गरेका थिए भने उत्कृष्ट नृत्यमा समृद्धि नेपाली भएकी थिइन् ।
यसै गरी कक्षा ६ देखि १२ सम्म तर्फ श्रीनिशा घिमिरेको समूह प्रथम, वर्षा सुनारको समूह दोस्रो र स्मृति बुढाथोकीको समूह तेस्रो स्थान हासिल गरेका थिए भने उत्कृष्ट नृत्य कक्षा की प्रकृति तिवारी भएकी थिइन् ।
प्रतियोगिताको निर्णायकहरूमा शिक्षकहरु क्रमश पूर्ण बहादुर खत्री, प्रकाश तिवारी र यदुनाथ पाण्डे रहेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले हरितालिका तीज पर्वले महिला दिदी बहिनीहरु र दाजुभाइहरूबिच सद्भाव कायम राख्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।प्र.अ.न्यौपानेले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा बाहिर ल्याउन विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप गरिंदै आएको बताउँदै संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यले तीज गीत प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे । विद्यार्थीहरुको सिर्जनसिलता अति उत्तम भएको बताउँदै विद्यार्थीद्धारा प्रस्तुत गीतले हामी सबैलाई सन्देश दिएको बताए ।
विजेता समूहलाई प्रअ न्यौपाने र निवर्तमान प्र.अ.गोपाल बहादुर बुढार्थीले पुरस्कार प्रदान गरेका थिए ।
निर्णायक मञ्डलका संयोजक पूर्ण बहादुर खत्रीले प्रतियोगिता सम्बन्धि नियमहरुको बारेमा स्पष्ट पारेका थिए भने शिक्षक गोपी माया गुरुङले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पारेकी थिइन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्