पोखरा ३१ वडा कार्यालय आफ्नै भवनमा

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, भदौ २८। कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.३१ ले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ। भाडाको घरमा वडा कार्यालय सञ्चालन हुँदै आएकोमा आफ्नै भवन निर्माण सम्पन्न भएसँगै शुक्रबार देखि सेवा प्रवाह गर्न सुरु गरेको हो।

 

 

वडा नंं ३१ व्डा अध्यक्ष ढकनाथ कंडेल, देवेन्द्र राज अधिकारी, धनदेवी तिवारी, बिनोदमणी लामिछाने, तारा नेपाली र वडा कार्यालयका कर्मचारीहरुले हिन्दु परम्परा अनुसार पूजा अर्चना गरी सोही दिनदेखि आफ्नै भवनबाट सेवा सुरु गरिएको वडाध्यक्ष ढकनाथ कंडेलले जानकारी दिए ।

वडाध्यक्ष कंडेलले आफ्नै भवनबाट प्रशासनिक लगायतका वडा कार्यालयबाट प्रवाह हुने सेवा सुरु गर्न पाउँदा खुसी लागेको बताए । वडाध्यक्ष कार्यकक्ष, वडा सदस्यहरुको कार्यकक्ष, वडा कार्यालय सञ्चालनका लागि आवश्यक कोठाहरु रहेको भवनबाट सेवा प्रवाह गर्नलाई धेरै सहज हुने वडा अध्यक्ष कंडेलको भनाइ छ।
पोखरा ३१ बेगनासताल स्थित ४ रोपनी ३ आना क्षेत्रफलमा २२ कोठा रहेको ४ तले वडा कार्यालय भवन निर्माण गरिएको हो। पेखरा महानगरपालिकाको ३ करोड भन्दा बढीको लागतमा भवन निर्माण गरिएको हो ।
वडा सदस्य देवेन्द्रराज अधिकारीका अनुसार योजनाको सम्झौता गरेको करिब २ वर्षको अवधिमा भवन निर्माण कार्य सम्पन्न भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्