लक्ष्य अनुसारनै काम भएको वडाअध्यक्ष दियालीको दाबी

  • ख-
  • ख+

लक्ष्य अनुसारनै काम भएको वडाअध्यक्ष दियालीको दाबी
पोखरा , २९ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २८ का वडाअध्यक्ष निर्मल दियालीले आफनो एक वर्षको कालकालमा लक्ष्य अनुसार कै काम भएको दावी गरेका छन् । स्थानिय तहको निवार्चन भए पछि आफुले पदभार समालेको एक वर्षको अवधिमा वडा नं २८ बार्षिक कार्य प्रगती र भावी योजनाका बारेमा जानकारी दिने उदेश्यले मगंलवार आफनै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडाअध्यक्ष दियालीले सवैको साथ र सहयोगले एक वर्षको कार्यकाल सफल भएको बताएका हुन् । पुर्वाधार बिना नै महानगरपालिका बनेको वडा नं २८ को अधिकांस भाग पाहाडी क्षेत्र भएकाले भौतीक निर्माणका काममा केही असजिलो र जनसहभागीता जुटाउन नसकिरहेको अवस्थामा पनि चालु आर्थीक वर्षमा मुलबाटोको करिव ४० किलोमिटर सडकको स्तरोन्नती,चार किलोमिटर सडकको नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको बताएका छन् ।
पर्यटन बिकासका लागि कास्कीका सात बटा ताल देखिन सक्ने गरि ठुलाकोटमा दृष्यावलोकनका लागि भ्यु टावरको निर्माण गर्ने,आगमी चार वर्ष भित्र भईरहेका खानेपानी योजनालाई ब्यवस्थीत एवंम सोलार लिÇिटङ प्रणालीबाट एक घर एक धारा पु¥याउने लक्ष्य अनुरुप काम भएको उनको भनाई रहेको थियो । चालु आर्थीक वर्षमा नगरपालीकाको एक करोड १० लाखको बजेट सिलिङ भए पनि महानगपालिका अन्तरगतका योजनाबाट यस वर्ष मात्र करिव आठ करोड ५० लाखको काम भएको दावी गर्दै वडाअध्यक्ष दियालीले सर्वसाधारणलाई सहज हुने गरि हेल्प डेक्स स्थापना र वडाकार्यालयबाट प्रवाह हुने सेवालाई आधुनीक र प्रविधिमैत्री बनाउनेमा आफु तल्लीन भएर कामलाई अगाडी वढाएको बिचार राखेका थिए । आफनै वडाका वासीन्दा मेयर र जिल्ला समोन्वय समितिको संयोजक जस्तो जिम्मेवारी पदमा रहेकाले काम गर्न केही सजिलो भएको धारणा राख्दै वडाअध्यक्ष दियालीले स्थानियवासी र यहाँ रहेका सामाजीक संघ सस्था तथा राजनितीककर्मीको सहयोगमा आगामी पाँच बर्ष भित्र वडालाई नमुना योग्य वडा वनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्