राधाकृष्ण वृद्धाश्रको अध्यक्षमा लामिछाने,संचारकर्मी वराल सहित तीन सम्मानीत

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ३ असोज । असाहय तथा जेष्ठ नागरिकको रेखदेख तथा पालन पोषणको काम गर्दै आएको पोखरा महानगरपालिका वडा नं ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमको १२ औं वार्षिक साधारण तथा पाचौं अधिवेशनले विश्वराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

वर्तमान उपाध्यक्ष समेत रहेका लामिछानेलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरिएको नवगठित समितिको प्रथम उपाध्यक्षमा सोभामोहन पौडेल,द्धितिय उपाध्यक्षमा सन वहादुर गुरुङ (कालु),महासचिवमा रजनी लामिछाने,कोषाध्यक्षमा शिव बहादुर थापा,उप महासचिवमा सञ्जीव कुमार ढेवाजु र सदस्यहरुमा सिता कुवँर र पार्वती लामिछाने रहेकी छन् भने वाकी दुई सदस्य पछि थप गरिने बताईएको छ ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष अकंल वहादुर कार्कीले जेष्ठ नागरिक समाजका लागि जिउदो ईतिहास भएकाले उनिहरुका अनुभवलाई आत्मसाथ गर्दै जेष्ठ नागरिकले वुढेसकालमा दु ः ख नपाउन भन्नुका खातिर राज्यले पनि छुटै निती ल्याएर सुझाव राख्दै राधा कृष्ण बृद्धाश्रमलाई महानगरको मातहतमा राखेर संचालन गर्नु पर्ने आवस्यकता औल्याएका थिए ।

सोही अवसरमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त मुकुन्द शरण उपाध्यायले यहाँ रहेका सवै संघ सस्थाको सामुहिक भावना भनेको जेष्ठ नागरिकको सेवालाई प्रभावकारी बनाउने भएकाले सवैका विच सहकार्यको आवस्यकताको खाचो रहेको विचार राखेका थिए ।

सस्थाका कार्यवाहक अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष प्रेम लिगल,राधाकृष्ण गुरुकुलका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मी,राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेश वहादुर खत्री,सिड फाउण्डेसन कास्कीका निर्देशक दामोदरभक्त थापा,गगनगौडा खानेपानी उपभोत्ता सस्थाका अध्यक्ष राजु के शी ,सम्मानित ब्यत्तित्व संचारकर्मी भिमपाणी वराल र लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीका अध्यक्ष वद्रीनाथ पौडेल लगाएतले सस्थागत हितका लागि सामुहिक भावनाको खाँचो रहेको आवस्यकता औल्याएका थिए ।

सस्थाका महासचिव सोभामोहन पौडेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शिव बहादुर थापाले आर्थीक प्रतिवेदन पेश गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विश्वराज लामिछाने र धन्यवाद ज्ञापन सदस्य सन बहादुर गुरुङले गरेका थिए ।

संचारकर्मी वराल सहित तीन सम्मानीत

लेखनाथ खवर अनलाईनका निर्देशक तथा समाधान राष्ट्रिय दैनिकका लेखनाथ ब्युरो प्रमुख भिमपाणी वराल सम्मानित भएका छन् । पोखरा महानगरपालिका वडा नं ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमको १२ औं वार्षिक साधारण तथा पाचौं अधिवेशनका अवसरमा वराल सहित सिड फाउण्डेस कास्कीका निर्देशक दामोदरभत्त थापा र लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीका अध्यक्ष वद्रीनाथ पौडेललाई सन्मान गरिएको हो । वरालले सस्थाको स्थापन काल देखि प्रचार प्रसारमा सहयोग पु¥याउदै आएकोमा दोसल्ला र कदर पत्र द्धारा सन्मान गरिएको थियो । त्यसैगरि थापाले विदेसवाट दाताको खोजी गरि सहयोग गरेको र पौडेलले लायन्स क्लवको माध्यमवाट हरेक वर्ष आश्रमका पु¥याएको सहयोगको उच्च कदर गर्दै सन्मान गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्