खेलकुदबाट अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्न सकिने ः मन्त्री श्रेष्ठ

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ , ११ चैत्र । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले खेलकुदको माध्यमबाट अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने बताए ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र ड्रागन बोर्ड एशोसियसन गण्डकी प्रदेशको सह आयोजनामा आजबाट सुरु भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले खेललाई सांस्कृति , प्राकृतिकको महत्व दिएर झाँकी ¥याली सहितको उपस्थितिमा हुने खेलले बेगनासताललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने विश्वास व्यक्त गरे । आगामी दिनमा खेललाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

यसै गरी गण्डकी प्रदेशका पूर्व मूख्य मन्त्री खगराज अधिकारीले यस लेखनाथ क्षेत्रको सांस्कृतिक, धार्मिक तथा यस क्षेत्रमा रहेका सात तालको विकास गर्नुपर्नेमा जोड दिंदै पोखरामा रहेको फेवाताल जस्तै लेखनाथको क्षेत्रमा रहेका बेगनासताल, रुपाताल, खास्टे, मैदी, गुँदे, न्यूरोनी तालको विकास गर्न चाहेको बताए । लेखनाथको छुट्टै पहिचान भएको बताउँदै विकास निर्माणका हिसाबले लेखनाथ क्षेत्र ओझेलमा परेको स्वीकार गर्दै अधिकारीले यस क्षेत्रका बासिन्दाको भावनालाई आफूले सम्मान गर्ने बताए । प्रथाम ड्रागन बोट रेसले महानगरवासी भएको झल्को दिएको बताउँदै अधिकारीले सकारात्मक सोचका साथ राष्ट्रिय अभियान समृद्ध नेपाल सुखी नेपाली स्वरोजगार र रोजगारी सिर्जना गर्ने अभियानमा सबै नेपालीको मन प्रतिबद्ध हुने विश्वास व्यक्त गरे ।

त्यस्तै गरी नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नविन पोखरेलले पोखरा र लेखनाथमा वाटर स्पोटको रुपमा विकास गर्नुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले पोखरा र लेखनाथका सम्पदालाई चिनाउने बताउँदै यहाँका आर्थिक विकास गराउन सकिन्छ भन्ने धारणालाई मृर्त रुप दिएको बताए ।

यस्तै गरी पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिस्सिनाले यस क्षेत्रमा रहेका तालहरुको संरक्षण्का लागि महानगरपालिका योजनावद्ध रुपमा अगाढि बढिरहेको जानकारी दिए । प्रवक्ता तिमिल्सिनाले पहिलो चरणमा खास्टे , न्युरेनी तालको संरक्षण्का लागि डिपीआरको प्रकृयाालाई अगाढि बढाउन १० करोड भन्दा बढी परियोजनाको सञ्चालनको क्रममा रहेको बताए । पोखरा महानगरपालिका खेल क्षेत्रको विकासका आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणमा समेत योजनाबद्ध रुपमा महानगर लागिपरेको बताए ।

यसै गरी पोखरा महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पोखरा र लेखनथामा विशिष्टिकृत ररुपमा रहेका ताहरुको संरक्षण गर्न यस कार्यक्रम केसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यको अध्यक्षतामा सम्पन्न भएको भएको कायक्रमको सञ्चालन होटल तथा रेष्टुरेन्ट एशोसियसनका महासचिव सुरेस लामिछाने र सञ्चारिका समूह गण्डकी प्रदेशका पूर्व अध्यक्ष स्मिता अधिकारीले गरेका थिए भने होटल तथा रेष्टरेन्ट एशोसियसनका अध्यक्ष बिरभद्र कंडेलले स्वागत गरेका थिए ।

यस अघि बेगनासताल देखि आमा समूहहरु, टोल विकास संस्थाहरु, युवा क्लबहरु ल्गायत विभिन्न सामाजिक संघ संस्थाहरु आफ्नो जातिय पहिचान सहित भेषभुषा, पञ्चेबाजा र झाँकी ¥याली सहित कार्यक्रमस्थलमा सहभागी भएको थिए । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, सम्झना लामिछाने मगर लगायतले सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए भने ड्रागन बोट रेस प्रतियोगिता भोली चैत्र १२ गते हुने होटल तथा रेष्टुरेन्ट एशोसियसन लेखनाथका कोषाध्यक्ष शक्ति श्री तिवारीले जानकारी दिइन् ।

पोखरा महानगरापलिका तथा गण्डकी प्रदेशमा आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्य स्थल बनाउने र समग्र पोखरा र लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गरिएको उक्त प्रतियोगिता भने भोली चैत्र १२ गते गरिने बताइएको छ । प्रतियोगितनामा पाँच सय मिटरमा प्रथम हुनेलाई दुई लाख, द्धितिय हुनेलाई एक लाख ५० हजार र तृतिय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्धितियलाई ५० हजार र तृतियलार्ई रु. २५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्