मादी १२ भगवती टारमा आलु महोत्सव हुने

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, ५ फागुन । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१२ भगवती टारमा आलु महोत्सव हुने भएको छ ।
हराभरा भगवती टार कृषि समुहको आयोजनामा आगामी फागुन १३ गते हुने आलु महोत्सवमा आलुबाट बनेका परिकारहरु, आलु सँग सम्बन्धित खुल्ला भजन प्रतियोगिता, लोकप्रिय कलाकारहरुको प्रस्तुति साथमा विविध सांस्कृतिक कार्यक्रम आकर्षणका रुपमा रहने कार्यक्रम संयोजक प्रकाश आचार्यले बताए ।
भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं भन्ने नाराका साथ हुन गइरहेको महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी तयारीलाई तिब्रता दिइएको वडा नं.१२ का वडा अध्यक्ष कृष्ण दाहालले जानकारी दिए । मादी गाउँपालिकाको कार्यालय सह प्रायोजकको रुपमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्