फिस्टेल स्कुल र होक्काइडो युनिभर्सिटीका विद्यार्थीबिच सिकाइ अनुभव आदानप्रदान

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, २४ साउन ।
पोखरामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालय र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीहरूका बिचमा सिकाइ अनुभव आदानप्रदान भएको छ ।
फिस्टेल स्कुलको निमन्त्रणामा बुधवार विद्यालयमा आइपुगेका जापानी विद्यार्थीहरू हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्ना अनुभवहरू प्रस्तुत गरे । फिस्टेल स्कुलका तर्फबाट कक्षा १० देखि १२ सम्मका विभिन्न विद्यार्थीले आफ्ना अनुभवहरू प्रस्तुत गरे । शिक्षाले नै देशलाई समृद्धितर्फ लैजाने भन्दै टोलीकी प्रमुख किमुजोले फिस्टेल स्कुलले आई.बी.पी.वाई.पी. पद्धतिलाई अवलम्बन गरेको तथा प्रोग्रेसिभ स्कुलका रूपमा आफूलाई सञ्चालन गरेकामा खुसी व्यक्त गरिन् ।
यस किसिमको सिकाइ अनुभव आदानप्रदानबाट दुवै पक्षको सिकाइमा सकारात्मक विकास हुने हुँदा आगामी दिनमा समेत यसले निरन्तरता पाउने कुरामा दुवै पक्षले प्रतिबद्धता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्