पोखरामा ४ वटा लायन्स क्लबको संयुक्त पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, ८ भदौ । अन्तराष्ट्रिय लायन्स डिस्ट्रिक्ट ३२५ एल अन्तर्गत रिजन १४ एन मा रहेका चार वटा लायन्स क्लबको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
लायन्स क्लब अफ बेगनास तालनगरी , लायन्स कलब अफ गण्डकी स्टेट, लायन्स क्लब अफ पोखरा ग्रिन फोर्स , लायन्स क्लब अफ पोखरा बेगनास चारीको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
अन्तराष्ट्रि लायन्स डिस्ट्रिक्ट ३२५ एल नेपालका डिस्ट्रिक्ट गर्भनर तथा पदस्थापना अधिकृत सुमन भट्ट क्षेत्रीले वर्ष वर्ष २०२४ / २०२५ का क्लब अध्यक्षहरु , पदाधिकारी र सदस्यको संयुक्त रुपमा पदस्थापना गराउँदै लायन्स क्लबहरु आर्थिक रुपमा बलियो क्लब हुनुपर्ने बताए । राम्रो क्लब , बलियो क्लब बनाउनका लागि आर्थिक कोष स्थापना गर्नुपर्नेमा जोड दिए ।
क्लब अध्यक्ष लगायत सबै पदाधिकारी एवम् सदस्यहरुको काम कर्तव्यका बारेमा स्पष्ट पार्दै गभर्नर भट्टले क्लबका अध्यक्ष लगायत सबै पदाधिकारी एवम् सदस्यहरुले आ–आफ्नो जिम्मेवारी बहन गरी क्लब अध्यक्षलाई सहयोग गर्न आग्रह गरे । क्लबका अध्यक्षहरुले आफ्नो कार्यकाललाई सफल बनाउन क्लबमा समान व्यवहार गर्नुपर्ने, मानविय सेवका कार्य गर्न साहस हुन पर्ने, क्लबलाई थप उचाइमा पु¥याउन अर्जुनदुष्टि हुनुपर्ने, लायन्सका बारेमा ज्ञान पनि हुनुपर्ने र आफ्नो कार्यकालमा समर्पण हुनुपर्नेमा गभर्नर भट्टले जोड दिए ।
यसै गरी निबर्तमान डिष्ट्रिक गभर्नर प्रमेश्वर बरालले आफ्नो कार्यकालमा उत्कृष्ट डिष्ट्रिक बनाउन लागि पर्ने सबै क्बलका अध्यक्षहरु लगायत क्लब पदायिधकारीहरुलाई धन्यवादन व्यक्त गर्दै यस वर्ष क्लबमा कुनै समस्या भएमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रथम भाइस डिष्ट्रिक गभर्नर एक नारायण शमाले लायन्स क्लब अफ बेगनास तालनगरीका नयाँ सदस्य र लायन्स क्लब अफ पोखरा ग्रिन फोर्सका नयाँ सदस्यहरुलाई परिचय गराउँदै अन्तराष्ट्रिय लायन्सको मूल्य र मान्यताकाबारेमा स्पष्ट पारेका थिए ।
दुृइ चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरणमा लायन वर्ष २०२३ / २४ का लायन्स क्लब अफ बेगनास तालनगरकिा अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा र दोस्रो चरणमा लायन वर्ष २०२४ / २५ का लायन्स क्लब अफ बेगनास तालनगरीका अध्यक्ष अरुण चन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डिष्ट्रिक चिफ एडभाइजर तेजनारायण बराल, सिनियर एडभाइजर डा.प्रेम बहादुर थापा, डिष्ट्रिक कार्यकारी प्रमुख सुरेन्द्र पौडेल, जोन २८ का जोन चियर पर्सन नविन नापित लगायतले लायन्सका बारेमा आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।
कार्यक्रममा लायन वर्ष २०२३ / २४ अन्तरगत लायन्स क्लब अफ बेगनास तालनगरीका निवर्तमान अध्यक्ष त्रिलोचन लामिछाने, लायन्स क्लब अफ गण्डकी स्टेटका निवर्तमान अध्यक्ष कगचबव उचबपकज भुजेल, लायन्स क्लब अफ पोखरा ग्रिन फोर्सका निवर्तमान अध्यक्ष सन्तोष ताम्राकार र लायन्स क्लब अफ पोखरा बेगनास चौतारकिा अध्यक्ष निर्ममाला क्षेत्रीले आफ्नो कार्यकालमा सम्पन्न भएका कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए ।
त्यस्तै गरी लायन वर्ष २०२४ / २५ अन्तरगत लायन्स क्लब अफ बेगनास तालनगरकिा अध्यक्ष अरुण चन्द्र सुवेदी, लायन्स क्लब अफ गण्डकी स्टेटका अध्यक्ष सुरज भुजेल, लायन्स क्लब अफ पोखरा ग्रिन फोर्सका अध्यक्ष श्याम ताम्रकार र लायन्स क्लब अफ पोखरा बेगनास चौतारीका अध्यक्ष निर्मला क्षेत्रीले क्लब मार्फत गरिने विभिन्न भावी कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
रिजन १४ एन का रिजन चियर पर्सन केशवराज तिवारीद्धारा सञ्चालन गरिएको कार्यक्रममा डिष्ट्रिक को चिफ एडभाइजर अमृत बरालले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पारेका थिए भने जोन २९ का जोन चियर पर्सन सुनिता गिरीले धन्यवादन ज्ञापन गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्