लेउवा संघका ब्यवसायिलाई यति एयरलाइन्सले १० प्रतिशत छुट दिने सम्झौता

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ६ असोज । लेखनाथ उद्योग बाणिज्य संघका ब्यवसायि सदस्यहरुलाई यती एयरलाइन्सले १० प्रतिशत छुट दिने भएको छ ।

यती एयरलाइन्सको जुन सुकै ठाउको यात्रा गर्दा ब्यवसायि सदस्यहरुलाई १० प्रतिशत छुटको ब्यवस्था हुने गरि आईतवार दुई सस्थाका विच सम्झौता भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष विनोद श्रेष्ठ र यती एयरलाइन्सको तर्फबाट पोखराका स्टेशन प्रमुख राम लामिछानेले छुटको सम्झौता पत्रमा हस्ताक्षेर गरी कार्यन्वय गर्ने सहमति भएको हो ।

सम्झौता अनुसार लेउव संघका एक हजार छ सय सदस्यहरुलाई परिचय पत्रका आधारमा यती एयरलाइन्सको जुन सुकै किसिमको यात्रामा पनि १० प्रतिशत छुट दिने गरि सहमति भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्