रिलायन्स पब्लिक स्कुलमा जुरेस

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, २३ जेठ । पोखरा महानगरपालिका वडा नं.२६ स्थित रिलायन्स पब्लिक स्कुलमा एलिसा मिश्रको नेतृत्वमा १५ सदस्यीय जुनियर युवा रेडक्रस सर्कल पूनर्गठन गरिएको छ ।

सर्वसम्मत रुपमा चयन गरिएको सर्कलको उपसभापतिमा सन्तोष रानाभाट, सचिवमा एलिसा गजमेयर, कोषाध्यक्षमा निष्ठा भट्टराई, सह सचिवमा स्वीकार रानाभाट रहेका छन् । यसै गरी सदस्यहरुमा उज्जलपराजुली, निर्जल बञ्जरा, सुसान्त रानाभाट, आकृति गुरुङ, दिक्षा पुर्जा, खुशी बराल, प्रतिमा नेपाली, शुभम श्रेष्ठ र रोशनी रानाभाट रहेका छन् ।

यसै गरि संरक्षकमा विद्यालयका प्रिन्सिपल सञ्जिव त्रिपाठी र शिक्षक नायकमा शिक्षक लक्ष्मण भुजेल रहेका छन् । त्यस्तै गरी विजय रानाभाटको संयोकत्वमा सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार सदस्यहरुमा आयुसा राजभाट र समिर जिसी रहेका छन् । निवर्तमान सभापति भूमि रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २६ राखी उपशाखाका सभापति शैलेन्द्र मोहन भट्टराईले रेडक्रसका सिद्धान्त र यसको महत्वमाथि चर्चा गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल रानाभाट र प्रिन्सिपल सञ्जिव त्रिपाठीले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिंदै समितिको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका थिए ।

सोही दिन विद्यालय हाताभित्र स्काउट टोलीले सरसफाई समेत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल रानाभाटले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्