हेल्लो हेल्थ क्लिनिकको निःशुल्क स्वास्थ्य शिबिर

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १७ असार । हरेक महिलाको स्वास्थ्य उपचार,समुन्नत समाजको आधार भन्ने मुलनाराका साथ पोखरा –२६ मा रहेको हेल्लो हेल्थ क्लिनिकले सञ्चालन गरेको साप्ताहब्यापी निशुल्क महिला स्वस्थ्य शिबिरमा ८० जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् ।

रोग लाग्नु पूर्व नै अपनाउनु पर्ने होशियारीका बारेमा जनचेतना फौलाउदै महिलाहरुमा देखिने विभिन्न प्रकारका रोगको पहिचान गर्न सहज हुने उदेश्यले आयोजना गरिएको सिविरमा बरिस्ट महिला तथा प्रसुति रोग बिशेसंज्ञ प्रा.डा. जुनु श्रेष्ठ कर्मचार्यले महिलाहरुमा हुने प्रसुति समस्या, स्तन तथा पाथेघरमा हुने क्यान्सर र रत्तअल्पता सम्बन्धि रोगका बारेमा परामर्श प्रदान गर्नु भएको थियो । सिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच समेत गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं–२६ र २७ का जनप्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारी तथा स्थानिय अगुवा समाजसेवी महिलाहरुको उपस्थितीमा भएको समापन समारोहमा हेल्लो हेल्थ क्लिनिकका सञ्चालक उप–प्राध्यापक मदन बरालले स्थानिय स्तरमा देखिने रोगको समयमा नै पहिचान नहुदाँ पछि गएर भोग्नु परेका समस्याहरुलाई मध्यनजर राख्दै विभिन्न समयमा स्वास्थ्य सिविरको आयोजना गर्दै आएको जानकारी गराएका थिए ।

सोही अवसरमा क्लिनीककी प्रबन्ध निर्देशक डा.इशा श्रेष्ठले निरोगी हुनका लागि महिला, बालबालीका, जेष्ठ नागरिक, दिर्घरोगी, मधुमेह, उच्च–रक्तचाप, थाइराइडका विरामीहरुले समय समयमा रक्तजाँच मार्फत आफना समस्याको पहिचान गरी स्वच्छ रहन सवैलाई अनुरोध गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्