चेलाको सम्मान गुरुलाई

गाउँले मिडिया
  • ख-
  • ख+

बैशाख १५, लेखनाथ । गुरु ब्रमा, गुरु बिष्णु, गुरु देव महेश्वर,गुरु सात्छर परम बर्मा तस्मै श्री गुरु भे नम् भन्ने धार्र्मीक मुल मन्त्रलाई आत्मसाथ गर्दै पोखरा २८ को रत्नसोभा माविमा अध्यानरत विद्यार्थीहरुले आफना गुरुहरुलाई सन्मान गरेका छन् ।
गुरुलाई गरिने सन्मान नै सवै भन्दा ठुलो सन्मान हो भन्दै कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं २८ माझठानमा रहेको रत्नसोभा माविमा वि स २०४१ देखि २०४३ सम्मका भूपु विद्यार्थीहरुले आफुहरुलाई अध्यापन गराएका शिक्षकहरुलाई शनिवार एक कार्यक्रमका बिच सन्मान गरेका हुन् ।
भूपु विद्यार्थी पुर्नमिलन कार्यक्रमको आयोजना गरि आफुहरुलाई शिक्षा दिक्षा प्रदान गर्ने गुरुहरुलाई सम्झदै विद्यार्थीहरुले शिक्षकहरुलाई सन्मान गरेका हुन् ।
पोखरा ३० को शिशुवा पाटी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा बिद्यालयका भुपु शिक्षकहरुलाई ढाका टोपी, खादा र मालाले सन्मान गरिएको हो । गुरुहरुले दिएको शिक्षाका कारण आफुहरु आज यो स्थानमा पुगेको भन्दै एक दर्जन भन्दा बढि शिक्षकहरुलाई सन्मान गरिएको हो ।
वि स २०४१ देखि २०४३ सम्मको ब्याचले आयोजना गरेको कार्यक्रममा पुर्व प्रधानाध्यापक तोयनाथ लामिछाने, शिक्षक चिरञ्जीवि बंजरा, पदमराज ढकाल, बाबुराम के सी , ईन्द्र प्रसाद जैसी, दुर्गा प्रसाद लामिछाने, वर्तमान प्रधानाध्यापक गोपाल बहादुर वुढाथोकी, सस्थापक विद्यालय ब्यवस्थापन समितिका सदस्य रामलाल तिवारी, २०४३ साल एस एल सी पहिलो ब्याचका विद्यार्थी गुरुदत्त कोईराला र रमानाथ आचार्यलाई सन्मान गरिएको थियो ।
बिद्यालयको भौतीक तथा शौक्षीक क्षेत्रको विकासमा सहयोग पुग्ने गरि आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले भुपु विद्यार्थीहरुले आफुले पढेको बिद्यालयको शौक्षीक उन्नयनका लागि सक्दो सहयोग गरी गुणस्तरीय शिक्षाका लागि पहल कदमी गर्नु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा भूपु शिक्षक तथा पोखरा प्रज्ञा प्रतिश्ठानका कुलपति पदमराज ढकालले आफुले पढेको बिद्यालयका लागि आर्थीक, भौतीक तथा शौक्षीक विकासमा सहयोग पुग्ने खालका कार्यक्रम ल्याउनका लागि सवैमा अनुरोध गरेका थिए भने पूर्व प्रअ तोयनाथ लामिछानेले मातृभुमीको शौक्षीक विकासका लागि भू पु बिद्यार्थीहरुले पैसा मात्र होईन भावनात्मक सम्वन्ध स्थापित गरि सरकारी निकायमा सहयोगका लागि पहल कदमी गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वर्तमान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले सवैको साथ र सहयोगले बिद्यालय अहिलेको अवस्था सम्म आएको र आगामि दिनमा पनि बिद्यालको भौतीक तथा शौक्षीक विकासका लागि भूपु विद्यार्थीहरुले आ –आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नका लागि अनुरोध गरेका थिए भने पहिलो ब्याचका विद्यार्थी गुरुदत्त कोईरालाले आफुले पढेको बिद्यालय प्रति सदैव उत्तरदायी भएकोले आ– आफनो क्षेत्रबाट सहयोग गर्न तयार रहेको प्रतिवद्धता जाहेर गरेका थिए ।
भेला आयोजक समितिका संयोजक सुक्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य हरि प्रसाद लामिछानेले भूपु विद्यार्थीको भेला गर्नु पर्नेको आवस्यकताका बारेमा चर्चा गरेका थिए भने महिला सदस्य नारायणी कोईराला र कालिदाश भुर्तेलले हरेक असल कामको सुरुवात आफैबाट गर्नु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा भूपु विद्यार्थी भरत बहादुर खड्का, राम बहादुर गुरुङ, प्रेम प्रसाद अधिकारी, सुर्यप्रकाश तिवारी, हरिप्रसाद लामिछाने, प्रेम वहादुर खड्का लगायतले विद्यालयको भौतीक तथा शौक्षीक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्