पोखरा २५ मा वडा नागरिक आरोग्य कार्यक्रम हुने

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा , बैशाख ११ । पोखरा महानगरपालिका वडा नं २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रम अन्तर्गतको वडा नागरिक आरोग्य कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रमका लागि मंगलबार देखि प्रारम्भिक घरधुरी सर्बेक्षण सुरु भएको हो।

वडाध्यक्ष एवं पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाका अनुसार हेमजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी र महिला स्वास्थ स्वयंसेविकाहरु आरोग्य कार्यक्रमको लागि तथ्यांक संकलन र पुर्ण खोप अभियानका लागि खटिएका छन् ।

यस कार्यक्रममा घरमै ब्लड प्रेसर, तौल , सुगर आदि परिक्षण गरिनुका साथै औषधि सेवन गरिरहेका व्यक्तिहरुले चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरे वा नगरेको जाँच गरि स्वास्थ्य परामर्श दिइने बताइएको छ ।

कार्यक्रममा ३ वटा क्लस्टर बनाएर स्वास्थ्यकर्मिहरु परिचालन गरिएको र सबै घरधुरीमा पुगि स्वास्थ सम्बन्धि सचेतना कार्यक्रम समेत संचालन गर्ने हेमजा स्वास्थ्य चौकीका प्रमुख कुस्म राज सुबेदिले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्