बक्तृत्वकला प्रतियोगितामा गौरी शंकर माविकी सोनिच्छा केसी प्रथम

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, ५ साउन । नेपाल शिक्षक संघ कास्की जिल्ला कार्य समितिले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा गौरी शंकर माविकी सोनिच्छा केसी प्रथम भएकी छिन् ।
विश्वेश्वर प्रसाद कोइरालाको ४२ औं स्कृति दिवसका सन्दर्भमा आयोजना गरिएको “मानिस ठूलो होइन , असल बन्नु पर्छ” विषयक उक्त बक्तृत्वकला प्रतियोगितामा त्रिभुवन शान्ति माविका टंक बहादुर चर्माकार द्धितिय , गोगन माविका दिपेन सुवेदी तृतिय र बन्दना लम्साल, शरद बराल र सन्देश काफ्ले सान्त्वना भएका छन् ।
प्रथम, द्धितिय, तृतीय र सान्त्वना प्राप्त गर्ने विद्यार्थीहरुले क्रमश पाँच हजार, चार हजार , तीन हजार र दुई हजारका साथै प्रमाण पत्र प्रदान गरिएको थियो ।
छपन्न जना सहभागी रहेको उक्त बक्तृत्वकला प्रतियोगितामा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणी लामिछानेले पेशागत शिक्षक संघ संगठनहरुले विद्यार्थीकेन्द्रित कार्यक्रम गर्नुपर्ने यस कार्यक्रमबाट प्रमाणित भएको बताए । विद्यार्थीले बोल्ने कुरा विद्यालय र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । यसै गरी नेपाली कांग्रेस कास्की जिल्ला सभापति किशोदत्त बरालले विद्यार्थीहरुले अरु कसैसँग तुलना गर्न नहुने बताउँदै असल मान्छे बन्नका लागि आफूले आफैसँग तुलना गर्नुपर्ने बताए । जो मान्छेले अरुलाई जित्ने कोशिष गर्दैन उही मान्छे नै सफल र असल बन्ने बताउँदै नेपाली राजनितिमा विपी कोइरला मरेर पनि बाँचेको स्मरण गरेका थिए ।
यसै गरी नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष भोलानाथ पौडेलले विपी कोइराला महान व्यक्ति भएको स्मरण गर्दै विपीको बाटोलाई विर्सन नहुने बताए । त्यस्तै गरी शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्य, शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, नेपाल शिक्षक संघ कास्की जिल्लाका निवर्तमान अध्यक्ष रमेश भट्टराई , नेपाली कांग्रेस कास्की क्षेत्र नंं १ का सभापति राजेन्द्रमणी लामछाने, निर्णायक मण्डलका सदस्यहरु श्रीधर न्यौपाने, डा.विष्णु प्रसाद शर्मा लगायतले पेशागत शिक्षक संघ संगठनले राजनिति सँग सम्बन्धित कार्यक्रम मात्र नगरी विद्यार्थीमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने यस्ता विद्यार्थी केन्द्रित कार्यक्रम गर्नुपर्ने सुझाव दिएका थिए ।
नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव तारानाथ भण्डारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्