पोखरामा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम

  • ख-
  • ख+

पोखरा, २ बैशाख । पोखरा महानगरपालिका शिक्षा महाशाखाद्धारा आयोजित एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम शुक्रबार पोखरामा सुरु भएको छ ।
शुक्रबार र शनिबार दुइ दिन सम्म सञ्चालन हुने उक्त तालिमको पहिलो दिन प्रशिक्षक मथुरा प्रसाद सुवेदीले अनलाइनमा कक्षा आठ र दशका विद्यार्थीहरुको पि टी एम फाराम भर्ने तरीका, विद्यार्थीहरुको प्रविष्टी गर्ने, शिक्षकहरुको प्रोफाइल विवरण, इ एम आइ एस कन्भर्टर लगाएतका विविध विषयमा सहजीकरण गरेका थिए ।
यसै गरी शिक्षा महाशाखाका शाखा अधिकृत बद्री सुवेदीले इमिसमा प्रविष्टी गरिएको डटाको आधारमा योजनाहरु बनाइने हुँदा इ एम आइ एसमा डाटा प्रविष्ट गर्दा गल्ती हुन नहुने कुरामा जोड दिंदै शुन्य गल्ती हुने गरी तालिम फलदायी हुने विश्वास व्यक्त गरे । नेपाल सरकारले छात्रवुत्तीमा धेरै लगानी गरेको तर विद्यालय सचेत नभएकाले विद्यार्थीहरु छात्रवृत्ति पाउनबाट बन्चित भएको पनी उनले बताए ।
सामुदायिक विद्यालयका शिक्षक एवम् कर्मचारीहरुलाई दिएको उक्त तालिममा वरिष्ट शिक्षा अधिकृत कुष्ण प्रसाद भण्ढारीले सामुदायिक विद्यालयको डाटा अपलोड गर्नको लागि तालिमको व्यवस्था गरिएको बताउँदै विद्यालयको लेखा सम्बन्धि तालिम लगाएतका विषयमा तालिम दिइने जानकारी दिंदै तािलम उपयोगी हुने विश्वास व्यक्त गरे ।
सोही कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवि प्रसाद बस्ताकोटीले पोेखरा शिक्षा महाशाखाले विभिन्न विषयहरुमा तालिमको व्यवस्था गर्दै आइरहेको बताउँदै दैनिक रुपमा आइपर्ने समस्या समाधान गर्नको लागि तालिमको महत्वपूर्ण हुने बताए । सबै विद्यालयको शिक्षकहरुको रोहबरमा समस्या समाधान गर्न सकिने बताउँदै शिक्षकहरुको चाहना अनुसार तालिम उपयोगी हुने विश्वास व्यक्त ।
तालिम शुक्रबार र शनिबार दुइ दिन सम्म सञ्चालन हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्