जन्म दिनका अवसरमा लेखनाथ नागरीक परोपकारलाई सहयोग

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिारम रानाभाट
लेखनाथ, १० साउन । लायन्स इन्टरनेशनल डिट्रिक ३२५ एल अन्तरगतको लायन्स क्लब अफ बेगनास तालनगरीका पूर्व अध्यक्ष एवम् डिष्ट्रिक एडिसनल क्याबीनेट सेके्रटरी प्रभा भुजलेकी आमा देवी भुजेलले आफ्नो जन्म दिनको अवसरमा कपडा हस्तान्तरण गरी सहयोग गरेकी छिन् ।
लेखनाथ नागरीक परोपकार समन्वय संस्थालाई बिहिबार कपडा हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा पोखरा ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले लायन्स क्लब र नागरीक परोपकार संस्थाको एउटै बिचार सामाजिक कार्य भएको बताए । लायन्सले गरेका सामाजिक कार्यको चर्चा गर्दै कपडा हस्तान्तरण गरी सहयोग गर्ने देवी भुजेललाई जन्म दिनको शुभकामना व्यक्त गरे ।
यसै गरी लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एलका एडिशनल क्याबिनेट सेके्रटरी प्रभा भुजलले आफ्नो आमाको जन्म दिनको अवसरमा थोरै भए पनि असाय, दिन दुःखीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै नागरीक परोपकार समन्वय संस्थाले उचित व्यक्तिलाई कपडा पुग्ने विश्वास व्यक्त गरीन् ।
यसै गरी नागरीक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारीले नागरीक परोपकार संस्थाले आवश्यक परेका व्यक्तिलाई संस्थाको कार्यालयबाट कपडा, खाद्यान्न सामग्री वितरण गरिएको जानकारी गराउँदै यस पुण्य कार्य गर्नुभएकोमा देवी भुजललाई धन्यवादन दिंदै जन्म दिनको शुभकामना व्यक्त गरे । क्लबका अध्यक्ष अरुण चन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव वर्षा मगरले गरेकी थिइन् भने उक्त अवसरमा भुजेलका परिवार उपस्थित भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्