कोरोना भाइरसका कारण विश्वभर तीन हजारको मृत्यु

  • ख-
  • ख+

काठमाडौं, फागुन १९ । चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोनाभाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ ।

कोभिड–१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन् । उक्त भाइरस गत डिसेम्बर महिना त्यहाँबाट फैलिएन थालेको थियो । चीनबाहेक अन्य १० देशमा पनि मानिसहरूको मृत्यु भएको छ । इरानमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ । इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

विश्वभरि झन्डै नब्बे हजार जनामा संक्रमण भएको पुष्टि भएको छ । अहिले चीनमा संक्रमणको दर घटेको भए पनि अन्यत्र ह्वात्तै बढेको छ ।

तर संक्रमण भएका अधिकांश मानिसमा सामान्य लक्षण देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । कोरोनाभाइरस सङ्क्रमण भएका दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु हुन सक्ने उसको भनाइ छ । चीनबाहिर सर्वाधिक संक्रमण देखिएको दक्षिण कोरियामा थप ४ सय ७६ जना सङ्क्रमित भेटिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्