नेश्नल एफ एमको सातौ तीज गति प्रतियोगिता तयारी पूरा

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानााभाट
लेखनाथ, २० भदौ । पोखरा २७ तालचोकमा रहेको नेशनल एफ एम ८८.२ मेगाहर्जले आयोजना गरेको सातौ गित प्रतियोगिताको तयारी पूरा भएको छ ।
एफ एमले कृषी र वातावरण शीर्षकमा गर्ने प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार र प्रमाण पत्र, दोस्रो हुनेले नगद १५ हजार र प्रमाण पत्र, उत्कृष्ठ भेषभुषा र नृत्यलाई समेत विशेष पुरस्कारको व्यवस्था रहेको कार्यक्रम संयोजक सन्दिप पौडेलले जानकारी दिए । यो समाचार तयार पार्दा सम्म २० समूहले दर्ता गरिसकेको संयोजक पौडेलले जानकारी दिए ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष कृषीमा वाँझो खोतवारी राख्न नहुने साथै वातावरण र जैविक विविधताको संरक्षण र संवद्धन गर्न यस तिज गित प्रतियोगिताले केही भुमिका खेल्न सक्ने एफ एमका अध्यक्ष परशुराम शर्मा वताउँछन् । गण्डकी प्रदेश प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न हुने प्रतियोगिताले धर्म , संस्कृतिको संरक्षण र संबद्र्धन गर्ने र हरितालिका तीज पर्वले सबै दाजुभाइ र दिदीबहिनीहरुमा सद्भाव र एकता कायम राख्न टेवा पुग्ने अध्यक्ष शर्माले जानकारी दिए ।
हरितालिका तीजको अवसर पारेर आयोजना गरीएको कार्यक्रममा विभिन्न सामाजिक र कृषी क्षेत्रमा उल्लेख्य योगदान दिएका महिला दिदि वहिनिहरुलाई सम्मान गरीने सस्थाका स्टेशन म्यानेजर रामशरण नेपालीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्